सुरेश राय
सिरहा,२९ असोज। सनराइज सिरहा युथ संजालद्वारा सिरहको गोलबजारमा कार्यक्रम सम्पन्न भएको छ। गोलबजार नपा १० धर्मपुर उपस्वास्थ्य चौकीमा सम्पन्न रक्तदान कार्यक्रममा तीस जनाले रक्तदान गरेका आयोजकले जनाएको छ।
दुर्घटना, सुत्केरी हुनेअवस्थामा आवश्यक पर्ने रक्त अभावहुने गरेकोले संजालले रक्तदान कार्यक्रमको आयोजना गरेको हो। सनराइज सिरहा युथ संजालका सचिब कन्चन साहले रक्तदान भनेको जीवन दान सरह भएकाले रक्त अभावका कारण कयौ मानिसहरु लाइ ज्यान गुमाउनु परीरहेको बताए। उनले भने, ‘हामीले गर्ने रक्तदानबाट जोखिममा रहेका धेरै मानिसले जीवनदान पाउन सक्छ, त्यसैले यसलाई पुन्य कार्यकोरुपमा पनि लिनुपर्ने हुन्छ।’
उनले संजालले रक्तदान लगाएका सामाजिक कार्यहरु निरन्तर गर्दै आएको जनाए।
रक्तदान कार्यक्रममा गोलबजार नगरपालिकाको सहयोग र प्राविधिक सहयोग नेपाल रेडक्रमस शोसाइटी रक्तसंचार केन्द्र लहानले गरेको थियो।