सिरहा, २८ असोज। पत्रकार जिवछ यादव आजबाट नेकपा एमाले निकट प्रेस संगठन प्रेस चौधरी नेपाल परित्याग गरी प्रेस सेन्टर नेपाल प्रवेश गरेको छ। आज सिरहाको गोलबजारमा एक कार्यक्रमको आयोजना गरी यादवलाई नेकपा माओवादीका पोलिटव्यूरो सदस्य तथा सिरहा क्षेत्र नम्वर ३ का उम्मेदवार विश्वनाथ साह र प्रेस सेन्टरका उप–महासचिव हिरालाल चौधरीले टिका र खादा ओढाएर स्वागत गरेका हुन्।
साहले स्वागत गर्दै विचार र संगठप्रति आवद्धरहि संगठनको नीति कर सिद्धान्तलाई मनन गर्दै संगठनमा सक्रियता जनाउन आग्रह गरे। साहले यादव पत्रकारितामा लामो समयको अनुभव रहेको व्यक्तित्व भएकाले आफ्नो दक्षता तथा अनुभवलाई गरिव, दुखि तथा आवाजविहिनहरुको आवाज बनेर काम गर्न आग्रह गरे।
प्रवेशको क्रममा पत्रकार यादवले आफू सधै संगठनको विचार र सिद्धान्तप्रति कटिबद्ध रहँदै व्यवसायीक भर्म निर्वाह गर्ने प्रतिबद्ध रहँदै आएको र रहिरहने जनाए। यादवले आफ्नो जनतालाई सहि सूचनादिने कामप्रति सधैं सक्रिय रहने पनि जनाए।