वीरगञ्ज, २५ असोज। वीरगञ्जको छुट्टाछुट्टै स्थानमामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। धोविनी गाउँपालिका ३ हरिहरपुरका ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगञ्ज महानगरपालिका ९ रानिघाट बस्ने ६० वर्षीय ध्रुव प्रसाद साहको करेन्ट लागेर मृत्यु भएको हो।
सोमबार साँझ वीरगञ्ज २६ का रामकिशोर प्रसाद कुर्मीको घरमा प्लास्टर गर्ने क्रममा नांगो तारमा अचानक छुन पुगेका सैफुल्लाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिए।
सोमबार अपरान्ह वीरगञ्ज ८ स्थित शत्रुधन सर्राफको घरको छाना सफा गर्ने क्रममा ज्यालादारीमा काम गर्ने ध्रुवलाई करेन्ट लागेको थियो। करेन्ट लागेर भुईंमा पछारिएका उनलाई तत्कालै उपचारको लागि नजिकैको आशाराम अस्पतालमा पठाइएको थियो। अस्पताल पुगेपनि उनको मृत्यु भईसकेको चिकित्सले बताए।
घटनास्थल तथा लास जाँच प्रकृती मुचुल्का तयार गरी दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।