काठमाडौं, २४ असोज। कालीकोटमा मलामी गएका १५ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिका ४ राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन्।

अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी गएका उनीहरु बेपत्ता भएका हुन्। मलामी गएका उनीहरुलाई पहिरोले बगाएको हुनसक्ने स्थानीय शिवराज शाहीले बताए।

वडा अध्यक्ष परबहादुर शाहीसहित १५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए। प्रहरीले घटनाबारे थप बुझिरहेको पनि बताए।

ab mall