आचारसंहिताको खिल्लि उडाउँदै झण्डा र नेताको फोटोसहित शुभकामना कर्मचारीको फेसबुकबाट पोष्ट

    • आश्विन १६, २०७९
    • ५६८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    सिरहा, १६ असोज। गोलबजार नगरपालिकाका एक कर्मचारीले आचारसंहिताको खिल्लि उडाउँदै पार्टीको झण्डा र नेताको फोटोसहित दशैंको शुभकामना लेखिएको फोटो आफ्नो फेसवुकमा पोष्ट गरेको छ। गोलबजार नगरपालिकामा कार्यरत खरिदार अमलेश सिंहले आफ्नो फेसवुबाट नेकपा एमालेको सूर्य चिन्ह अङ्कीत झण्डा र पार्टीका पोलिटव्यूरो सदस्य तथा मधेश प्रदेश सह–इन्चार्ज लिलानाथ श्रेष्ठको तस्विर सहितको शुभकामना लेखिएको फोटो आफ्नो फेसबुकबाट पोष्ट गरेको हो।

    yash momo Ad i

    आसन्न आम निर्वाचनको कार्यातालिका अनुसार आचारसंहिता लागु भईसकेको र निजामति कर्मचारी आचारसंहिताले समेत खिल्लि उडाउँदै शक्तिको भक्तीको रुपमा सो पोष्टलाई हेरीएको छ। यस नगरपालिकामा नेकपा एमालेका श्याम कुमार श्रेष्ठ मेयर छन्।

    यस अघि गोलबजार नगरपालिकाकै वार्ड नम्वर ८ को वडा सचिवको रुपमा कार्यरत सिंहलाई केही समय अघिमात्र पालिकामा महत्वपूर्ण मानिने जिन्सी र राजस्वो शाखाको जिम्मेवारीमा ल्याएको छ। त्यसैको बफादारी देखाउन उनले कर्मचारी र निर्वाचन आचारसंहिताको समेत प्रवाह नगरी मंसिर ४ गते सिरहा क्षेत्र नम्वर ३ को लागि पार्टीबाट उम्मेदवार सिफारिस भएका एमाले नेता श्रेष्ठ र पार्टीको झण्डा अंकित शुभकामना सन्देश आफ्नै फेसबुकबाट पोष्ट गरेको छ।

    खरिदार सिंहले भुलबस पोष्ट हुन गरेको स्वीकार गरेका छन्। उनले भने, ‘मोबाईल घरमा रहेको बेला केटाकेटीहरुले भुलबस त्यो फोटो पोष्ट गरेको रहेछ; म त्यसको लागि क्षमा चाहन्छु।’

    यता जिल्ला निर्वाचन कार्यालय सिरहाले पनि उनलाई एकपटकको लागि चेतावनी दिएका छन्। अव उपरान्त यस्तो घटना नदोहर्याउन चेतावनी दिएको निर्वाचन कार्यालय सिरहाले जनाएको छ।

    305949994_2523127464496064_9117040603699049558_n 1

    गोलबजारबाट १८ थान वे ...

    सिरहा, ९ असोज। सशस्त्र प्रहरीले भारतबाट अवैधरुपमा ल्याउ ...

    चिकित्सकमाथि आक्रमण ...

    फाइल फोटो काठमाडौं, ९ असोज। उपप्रधानमन्त्री तथा गृहमन् ...

    जवरजस्ती करणी उद्योग ...

    आशिष विश्वकर्मा सिरहा, ८ असोज। सिरहाको मिर्चैयामा एक म ...

    निर्माण कम्पनीको लाप ...

    सिरहा, ७ असोज। कमसल निर्माण सामाग्री प्रयोगका कारण पुल ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल