फाईल फोटो।
सिरहा, १५ असोज। आगामी मंसिर ४ गते हुने आम निर्वाचनको सुरक्षाकालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले असोज मसान्तभित्र इजाजत प्राप्त हात–हतियार बुझाउन सूचना जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी लालबाबु कबाडीको हस्ताक्षरमा जारी विज्ञप्तीमा इजाजत लिई हात–हतियार राख्ने व्यक्तिले आफूसँग भएको हतियार र गोलीगठ्ठा असोज मसान्तभित्र बुझाउन भनिएको छ।
इजाजत लिएका हतियार तोकेको समयभित्र नबुझाए प्रचलित कानुन बमोजिम कार्वाही हुने जारी सूचनामा लेखिएको छ।
जिल्लामा ३ सय १४ थान इजाजत प्राप्त हतियार रहेको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।