सप्तरी, १४ असोज। सप्तरीमा खेचमा लगाएको मोटर चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको छिन्नमस्ता गाउँपालिका ४ लालापटीमा आज शुक्रबार अपरान्ह करेन्ट लागेर ५० वर्षीय नारायण यादव मृत्यु भएको हो।

घरदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

das gbr