सिरहा, १२ असोज। नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला अमिटी सिरहाले चाडपर्वमा हुनसक्ने अवाच्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन माँग गरेका छन्। नजिकिंदै गरेको दशैं, तिहार तथा छठपर्वलाई मध्येनजर गर्दै सम्भावित उच्छरिङ्खल तथा आपराधिक गतिविधी नियन्त्रणगर्न माँग गर्दै आज जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएको हो।

yash momo Ad i

अखिलका जिल्ला अध्यक्ष सुरेश कुमार यादवद्वारा प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीलाई बुझाएको ज्ञापनपत्रमा चाडपर्वको बेला मन्दिर, गुम्वा तथा मस्जितहरुमा हुने मेलापात तथा पुजाका बेला विनाकारण मोटरसाइकल हुईंक्याउने, छोरीचेलीलाई जिस्क्याउने उच्छरिङ्खल गतिविधि बढेकोले यसलाई नियन्त्रणगर्न अनुरोध गरीएको छ।

ज्ञापनपत्रमा यस्ता खालका कुरिती तथा विसंगति रोक्न सवैको सक्रिय सहभागीता रहनुपर्ने भएपनि प्रशासनले विशेष चासो लिनुपर्ने लेखिएको छ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कवाडीले आफूले ज्ञापनपत्रलाई सकारात्मक रुपमा लिएको बताए। उनले आफूहरु शान्तिसुरक्षाको विषयमा सम्वेदनशिल रहेको बताउँदै विद्यार्थीहरुले झकझक्याएकोमा खुशिव्यक्त गरे।

305949994_2523127464496064_9117040603699049558_n 1