सिरहा, ९ असोज। सिरहाको गोलबजरमा नाली (ढल)मा फलिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ। गोलबजार नपा ६ मा महिना पुगिसकेको जस्तो देखिने शालनाल सहितको शिशु (छोरा)को शव आइतबार विहान फेला परेको हो।

yash momo Ad i

स्थानियले विहान नालीमा शालनाल सहितको शिशुको शव देखेपछि प्रहरीलाई खवर गरेको थियो। खवर पाएपछि तत्काल पुगेको प्रहरीले आवशयक प्रकृया पुरा गरी पोष्टमार्टमको लागि शव प्रादेशिक अस्पताल लहान पाठाईएको इलाका प्रहरी कार्यालय गोलबजारका निमित्त प्रमुख इन्सपेक्टर प्रदिप पौड्यालले जानकारी दिए।

अवैध सम्वन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशुको शव फालेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ।
प्रहरीले भने घटनाबारे अनुसनधान गरिरहेको जनाएको छ।

ab mall