राष्ट्र बैंकको चालु पूँजी कर्जानीतिप्रति मधेश प्रदेशका उद्योगी व्यवसायी आक्रोशित

    • आश्विन ६, २०७९
    • ६५८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, ६ असोज। नेपाल राष्ट्र बैंकले पछिल्लो पटक जारी गरेको मौद्रिक नीतिलाई लिएर मधेश प्रदेशका उद्योगी व्यवसायी विरोधमा उत्रिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले बिहिवार वीरगञ्जमा आयोजना गरेको चालू पुँजी कर्जा सम्बन्धि मार्ग दर्शन र निजी क्षेत्रको सरोकार विषयक अन्तरसंवादका क्रममा उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकको मौद्रिक नीतिप्रति आक्रोश पोखेका हुन्।

    नेपाल राष्ट्र बैंकले जारी गरेको चालू पूँजी कर्जा मार्गदर्शन २०७९ का प्रावधानहरुप्रति आपत्ती जनाउँदै बरिष्ठ उद्योगी अशोक टेमानीले व्यवसायी पलायन गर्ने नीति यथाशीघ्र सच्याउनुपर्नेमा जोड दिए। यस अघि २४ सै घण्टा चल्ने उद्योग व्यवसाय राष्ट्र बैंककै नीतिका कारण बन्द अवस्थामा रहेको हुँदा आगामी दिनमा अरु व्यवसायी पनि पलायन हुन सक्ने टेमानीले चिन्ता व्यक्त गरे।

    Gyapan patra sunaudai

    व्यवसायको प्रकृतिअनुसार फरक फरक चालू पूँजी आवश्यक पर्ने भएकाले २ करोड रुपैयाँ भन्दा बढी चालू पूँजी कर्जाको सीमा निर्धारण गर्दा २५ प्रतिशत मात्रै गरिनु अव्यावहारिक भएको बताउँदै उनले भने, ‘अब हामी के चिया पसल, पान पसल खोलेर बस्ने हो?’ अधिकांश किसानहरुको बैंक खाता नहुँदा बैंकबाटै कारोवार गर्न नसकिएको बताउँदै टेमानीले ठूला उद्योग बन्द गर्ने नीति मान्य नहुने बताए।

    yash momo Ad i

    अर्का उद्योगी अशोक वैद्यले पनि टेमानीकै कुरामा समर्थन जनाउँदै सरकारले बैंकलाई शक्तिशाली बनाएको बताए। बैंकले उद्योगी व्यवसायीसँग सौतेलो व्यवहार गरेको बताउँदै उनले विभिन्न आपत्तीजनक प्रावधानहरु सच्याउनुपर्ने सुझाव दिए।
    वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ताले बैंकलाई शक्तिशाली बनाएकै कारण मनोमानी बढेको बताए। नियामक निकायले नियमन गर्नुपर्नेमा जोड दिँदै उद्योगी व्यवसायीलाई आन्दोलन चर्काउन विवश नबनाउन पनि उनले आग्रह गरेका छन्।

    उद्योगमारा नीति अंगालेर नीजि क्षेत्रलाई वेवास्ता गर्दा यसको क्षती सिंगो देश र देशबासीले बेहोर्नुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका डा. गुप्ताको भनाई छ। चालू पूँजी कर्जा २०७९ का अधिकांश प्रावधान निजी क्षेत्रको विरुद्धमा भएको बताउँदै डा. गुप्ताले प्रावधान बनाउनुभन्दा पहिला उद्योगी व्यवसायीसँग छलफल गरेर निर्माण गर्नुपर्ने बताए
    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोपाल केडियाले बैंकहरुले अप्रत्याशित ब्याज बढाएकोमा आपत्ती जनाए। राष्ट्र बैंकको मौद्रिक नीतिलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघ मौन बसेको भनाईको खण्डन गर्दै उनले महासंघले खुट्टा नकमाएको दावी गरे। सबै उद्योगी व्यवसायीको एकताबद्ध आन्दोलनले मागको सम्बोधन हुने वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका केडियाको भनाई छ।

    untitled-1-copy 1

    नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले चाडवाड नजिकिँदै गर्दा खुशी हुनुपर्ने उद्योगी व्यवसायीहरु निराश भएको प्रतिक्रिया दिए। राष्ट्र बैंकले लिएको चालू पुँजी कर्जा सम्बन्धि नीती सच्याउन महासंघले निरन्तर दबाब दिइरहेको बताउँदै उनले नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश विरोध कार्यक्रम गरेर दबाब दिने पहिलो संघ बनेको बताए। विरोधका लागि नभएर दबाब दिएर नीति सच्याउनका लागि विरोध गर्नुपर्ने उपाध्यक्ष श्रेष्ठको सुझाव छ।

    गुणस्तरीय र विश्वासिलो सेवा नदिएरै बैंकले सर्भसि चार्ज लिने गरेकोमा उनको आपत्ती छ। बैंकहरूले मनपरी सर्भिस चार्ज लिइरहेको बताउँदै उनले नियमन निकायको प्रभावकारीतामा प्रश्न उठाए। बजारमा पूँजीको अभाव नभएको बताउँदै उनले लगानी योग्य पुँजीको अभाव खट्किएको जिकिर गरे।

    अन्तरसंवादमा मधेश प्रदेशका ८ वटै जिल्लाबाट सहभागी १६ वटा उद्योग वाणिज्य संघका अध्यक्ष एवम् पदाधिकारीसँगै प्रतिनिधीहरुले गुनासो राखेका थिए।

    नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश प्रसाद लाठले नीजि क्षेत्रलाई फकाएर उनीहरुबाट लगानी गराउनुपर्ने ठाउँमा उल्टै डराएर लगानी नै गर्ने वातावरण नबनाउनु राष्ट्रका लागि लज्जास्पद विषय भएको बताए। निजी क्षेत्रकै कारण रोजगारीको सृजना हुनुका साथै स्वदेशमै उत्पादनमुलक क्रियाकलाप बढ्दै गएको अवस्थामा उद्योगी व्यवसायीलाई दुःख दिएर हतोत्साहित बनाउने प्रवृति सुधार्नुपर्नेमा उनको जोड छ । अन्तरक्रिया कार्यक्रमको सहजीकरण इकोनोमिक्स रिपोटर्स एशोसिएशन पर्साका अध्यक्ष ओमप्रकाश खनालले गरेका थिए।

    अन्तरसंवादपछि उद्योगी व्यवसायीहरुले विरोध प्रदर्शनसमेत गरेका थिए। वीरगञ्जको मकालु चौकबाट हातमा कालो पट्टी बाँधेर शुरु भएको विरोध प्रदर्शन, ग्रिनसिटी चौक, घडिअर्वा, माईस्थान, आदर्शनगर हुँदै नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखामा पुगेर टुंगिएको थियो। प्रदर्शनमा सहभागी उद्योगी व्यवसायीहरुले ‘करदाताको रक्षा गर, बैंकको सेवा शूल्क घटाउ, कर्जा ब्याज दर घटाउ, गरी खान देउ’ लगायतका नारा अंकित प्ले कार्ड बोकेका थिए।

    सोही अवसरमा उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले १५ बुँदे मागसहित राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएको छ। नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय वीरगञ्जका निर्देशक राजनदेव भट्टराईमार्फत गर्भनरलाई ज्ञापन पत्र बुझाइएको नेपाल उद्योग वाणिज्य महासंघको बैंक, वित्तीय तथा बीमा समितिका संयोजक अनिल अग्रवालले जानकारी दिए। ज्ञापन पत्र बुझ्दै क्षेत्रीय कार्यालयका निर्देशक भट्टराईले महासंघ मधेश प्रदेशका मागहरु जायज रहेको बताए। साथै सकेसम्म छिटै गर्भनरसमक्ष पठाएर मागको सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।

    ab mall

     

    सहर फोरह गरेको भन्दै ...

    काठमाडौ, ७ बैशाख। काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्र ...

    धनगढीमाईका निजी स्रो ...

    सिरहा, ७ बैशाख। धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत ...

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल