जनकपुर, २८ भाद्र। धनुषामा सोमबार बेलुका मेला हेर्न गएकी एक मलिहाको शव बाँसघारीमा फेला परेको छ । जिल्लाको शहीद नगरपालिका ३, पुलचौकका करिव २५ वर्षिय नहर नजिक रहेको झाडीमा मङ्लबार बिहान अन्दाजी २५ वर्षीया बविता दासको शव गाउँ गाउँ नजीकै नहरको बाँसघारीमा फेला परेको हो।
सोमबार साँझ साढे ५ बजेको समयमा मेला हेर्न भनी घरबाट निस्किएकी बबिता दासको शव मंगलबार बिहान स्थानीयले नहर डिलमा रहेको बाँसको झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
यदुकूहाको बजार टोलमा इन्द्र पूजाको अवसरमा लागेको मेला हेर्न निस्किएकी महिला मृतक भेटिएपछि अनुसन्धानको क्रममा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
ुअबेरसम्म घर नफर्केपछि बुहारी खोज्न मेलामा गयौं तर त्यहाँ नभेटेपछि, मेलामा नाच थियो। नाच सकिएपछि आफैं घर आउछ, भन्ने आशमा रात गुजार्यौं, तर बिहान–बिहानै शव भेटिएको खबर पाएको परिवारका एक सदस्यले बताए।
यदुकूहामा इन्द्र पूजाको अवसरमा मेला लागेको थियो । मृतकको घरदेखि केही दूरीमा रहेको स्कुलमा सोमबार राति नाच थियो।
मृतक महिलाकी ३ वर्षीया एक छोरी र श्रीमान् छन्। श्रीमान् चार वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा बाहिर छन्।
शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।