सिरहा, २८ भाद्र। सिरहाका एक निजी विद्यालयका शिक्षकले विद्यार्थीमाथि गुण्डा शैलीमा कुटपीट गरेको छ। जिल्लाको मिर्चैया नगरपालिका ५ स्थित ह्वाइट हाउस इङ्ग्लिश बोर्डिङ्ग स्कूलका नेपाली शिक्षक श्रवण साहले कक्षा १० मा अध्यनरत धनुषा गणेशमानचारनाथ नगरपालिका ७ गोदारका आन्नद यादबलाई गुण्डाशैलिमा कुटपिट गरेको हो।

yamaha 2 333

कुटपिटबाट घाइते विद्यार्थीको मिर्चौयाको एक निजी स्वास्थ्य संस्थामा उपचार भईरहेको छ।

कक्षा कोठामा नवसेको विषयमा शिक्षकले कुटेपछि प्रहरीलाई उजुरी गर्न हिडेका विद्यार्थीलाई वाहिरबाट युवकहरु बोलाएर बाटोमा कुटपीट गरेको विद्यार्थीको भनाई रहेको छ। विद्यालय छात्राबासमा वस्दै आएका विद्यार्थी यादवले भने, ‘म राती छात्रावासमा राम्रो खाना नभएको विषयमा विवाद भएपछि राती अवेरमात्र सुतेको थिएँ, विहान कक्षा कोठामा बस्न नसक्ने अवस्था भएपछि कार्यालयमा जानकारी गराउन जाँदै गर्दा बाटोमा नै शिक्षक साहले कुटपीट गरे। त्यसपछि आवेगमा आएर प्रहरीलाई खवर गर्न भनेर निस्केपछि वाहिरबाट केटाहरु बोलाएर ममाथि बाटोमा थप कुटपीट भयो।’

उनले शिक्षक साह र थप दुईजना युवकले विच बाटोमा लात्ती, मुक्का र मोटरसाइकलको हेलमेटले कुटेको बताए।

yamaha ab

यता शिक्षक साहले पनि विद्यालय भित्र र बाहिर बाटोमा पनि कुटपीट गरेको स्वीकार गरेको छ। उनले आफू विद्यार्थीहरुको हुलसहित उनलाई फर्काउन आएको थिएँ तर उनले मेरो सर्टको कालर पकड्ेपछि आफूले हेल्मेटले हानेको र अन्यले पनि कुटपीट गरेको स्वीकार गरे।

untitled-1-copy 1

शिक्षक साहले भने, ‘म आनन्दलाई फार्काउन विद्यार्थीहरुसँगै गएको थिएँ, बाटोबाट फर्काउन खोज्दा मेरो कालर पकडे त्यसपछी मैले हेल्मेटले हानेको हो। त्यतिवेला अन्य दुईजनाले पनि कुटे। उनीहरुलाई म चिन्दिन।’ उनले तिनीहरु मलाई चिन्ने भएकाले मलाई हातहालेपछि कुटेको हुनसक्ने बताए।

विद्यार्थी कुट्ने शिक्षक साह प्रहरीको नियन्त्रणमा छ। शिक्षक साह सहित अरू दुई जना बाहिरका व्यक्तिहरुले विद्यार्थी माथि कुटपिट गरेको भन्ने पुष्टि भएपनि कुटटपीटमा संलग्न व्यक्तिको पहिचान भईनसकेकोे इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरिबहादुर ओलीले बताए।

डीएसपी ओलीले अहिले हामीले घटनाबारे अनुसन्धान गरिरहेका छौं, दोषीलाई कानूनी दायरामा ल्याउने बताए।

अनन्दका बुबा रामशरण यादबले बाटोमा कुटपीट गर्ने अन्य दुईजनालाई पक्राउ गरी कार्वाहीको लागि माँग गरेका छन्। उनले शिक्षकले कुटपीट गरेको विषयमा खासै गुनासो नगरेपनि बाहिरबाट आएर कुट्नेहरुलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने बताए।

घटनापछि सयौंको संख्यामा इलाका प्रहरी कार्यालय पुगेका विद्यार्थीले शिक्षकसाहका अन्य विषयहरुको गुनासो गर्दै कार्वाहीको माग गरेका थिए।

आनन्द नर्सरी देखि नै सोही विद्यालयको छात्राबासमा बसेर अध्ययन गर्दै आएको उनका बुबाले बताए।
वाइट हाउस स्कुलका संचालक समितिका सदस्य सिंहेश्वर पासवानले घटना दुखद् भएको बताए। उनले भने, ‘मेरा विद्यालयका विद्यार्थीहरु सभ्य, अनुशासित छन्, हिजो भएको घटना लाई मैले दुर्घटनाको रुपा बुझेको छु। यसमा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन विद्यालयले सवैखालको सहयोग गर्छ।’

ab mall