चितवन, २६ भाद्र। माडीमा बाघको आक्रमणबाट एक वृद्वको मृत्यु भएको छ। शनिवार भैंसी चराउन गएका माडी नगरपालिका २ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघ आक्रमणबाट मृतयु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी विजयराज पण्डितका अनुसार शनिबार भैँसी चराउन सामुदायिक वनमा गएका अधिकारीलाई बाघले आक्रमण मृत्यु भएको पुष्टि गरेको छ।
शनिबारदेखि हराएका अधिकारी आइतबार बिहान मृत भेटिएका हुन्। शव मध्यवर्ती सामुदायिक वन अमिलियामा बाघले आक्रमण गरेको जस्तो देखिएको अवस्थामा भेटिएको कार्यालयले जनाएको छ । शव पोष्टमार्टमको लागि भरतपुर अस्पताल ल्याइएको छ।