सिरहा,२५ भाद्र। बलात्कार आरोपमा फरार रहेका सिरहाको लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतो प्रहरीमा हाजिर भएका छन्। फरार रहेका उनी कानुन व्यवसायी सहित इलाका प्रहरी कार्यालय लहानमा शुक्रवार बेलुका हाजिर भएका हुन्।

yamaha bg

उपमेयर महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए। आज शनिवार भएकाले भोलिमात्रै जिल्ला अदाल लगि म्याद थप गरेर आवशयक अनुसन्धान अगाडी बढाउने डीएसपी बुढाथोकीले जानकारी दिए।

उपमेयर महतोले गत जेठमा १९ गते जागिरको प्रलोभन देखाई एक २१ वर्षीय महिलामाथि कार्यालयमै बलात्कार प्रयास गरेको उनीमाथि आरोप छ। ति महिलाले साउन ४ गते इलाका प्रहरी कार्यलय लहानमा जाहेरी दिएकी थिइन्।

जाहेरी परेको खबर पाएपछि उपप्रमुख महतो फरार रहेको प्रहरीको भनाई छ। उनी जाहेरी परेको करिव २ महिना पटि आफै प्रहरीमा हाजिर भएका हुन्।

यता उपमेयर महतोले प्रहरीमा हाजिर हुनुअघि पत्रकार सम्मेलन गरी आफु निर्दोष रहेको र आफुलाई बदनाम गर्ने नियतले फसाउन खोजेको बताए ।

महतो जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भएका हुन्।

yamaha ab