सिरहा, २४ भाद्र। सिरहा प्रहरीले लागु औषध र विभिन्न हतियार सहित एक किशोरलाई नियन्त्रणमा लिएको छ। भारततर्फबाट कमलाको किनारहुँदै कल्याणपुरतर्फ गईरहेको बेला माडर प्रहरीले सिरहा १७ कमला बाँधबाट कल्याणपुर २ का १९ वर्षिय पप्पु भन्ने सुमन मण्डललाई नियन्त्रणमा लिएको हो।
साइकलमा आईरहेका हउनलाई सङ्कालागि चेकजाँच गर्दा उनको साथबाट फालामको तरबार, फर्सा एक–एक थान, फाईटर रिङ्ग ६ थान, पेस्तोलजस्तो देखिने लाईटर एकथान र केही प्रतिवन्धित लागुऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुभाष बुढाथोकीले जानकारी दिए।
प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।























