सिरहा, १७ भाद्र। पसरहाको नरहा गाउँ पालिका ५ मा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। घरमै रहेको पानी तान्ने मोटरको तार विद्युतिय वोर्डमा पसाउने क्रममा करेन्ट लागेर स्थानीय २२ वर्षिय सुनिल यादवको मृत्यु भएको हो।

LMP-INDUSTRY

करेन्ट लागेर सख्त घाइते भएका यादवलाई तत्काल सिरहाको धनगढीमाई नपा ९ स्थित आरके मेरीसीटी अस्पताल पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष हुकुमदेव यादवले जानकारी दिए।

विहान हातमुख धुनलाई उनी पानी तान्ने मोटरमा लाईन जोड्ने क्रममा करेन्ट लागेको बताइएको छ।
शव पोष्टमार्टमको लागि लहान अस्पतालमा राखिएको छ।

choharwa mabi