फाईल फोटो।

झापा, १५ भाद्र। झापामा जंगली हात्तीको आक्रमणबाट एक जना वृद्धले मृत्यु भएको छ । हात्तिको आक्रमणबाट घाईते बाह्रदशी गाउँपालिका १ का ८० वर्षीय देवीबहादुर अधिकारीको उपचारको लाग धरान लैजाने क्रममा मृत्यु भएको हो।

LMP-INDUSTRY

स्थानीय मनकामना सामुदायिक वनमा जंगली हात्तीले आक्रमणमा परी घाइते अधिकारीको उपचारका लागि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटैमा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी बसन्त पाठकले जानकारी दिए।

घटनाका वारेमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ। झापामा मानव–हात्ती द्वन्द्वका कारण वर्षेनी दर्जन वढी मानिस र जंगली हात्तीको क्षति हुदै आईरहेको छ।

choharwa mabi