जनकपुर, १४ भाद्र। धनुषामा आफ्नै घरको तेस्रो तल्लाबाट खसेर एक वर्षीय बालकको मृत्यु भएको छ। मिथिला नगरपालिका ६ ढल्केवरका रामकुमार सिंहका एक वर्षीय छोरा आरभु कुमारको घरको तेस्रोत तल्लाबाट खसेर मृत्यु भएको हो।

LMP-INDUSTRY_final_ProTech

सोमबार बेलुका घरमाथि खेल्दै गरेका बालक रेलिङ्गबाट खसेर गम्भीर घाइते भएका थिए। घाइते बालकको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए।

मृतक बालकको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

ab mall