सप्तरी, १४ भाद्र। सप्तरी प्रहरीले भन्सार छलेर ल्याएको अवैध सामान सहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। अवैध समानसहित भारतको शिवहर जिल्लाथाना श्यामपुर भटहा २ बस्ने ४२ वर्षीय दिनानाथ साह, २४ वर्षीय रन्जय साह र २१ वर्षीय सुजितकुमार साहलाई राजविराज नगरपालिका ५ र शम्भुनाथ नगरपालिका १२ बाट प्रहरीले पक्राउ गरेको हो।
भन्सार छली अवैध रूपमा किराना सामान, बिजुलीका सामान, लत्ताकपडा मोटरसाइकलमा लोड गरी ल्याइरहेको अवस्थामा प्रहरी टोलीले उनीहरूलाई सामान सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिरकारी डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।
पक्राउ परेका भारतीय नागरिकसहित अवैध सामान आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठी पठाइएको प्रहरीको भनाई रहेको छ।