रौतहट, १४ भाद्र। रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। चट्याङ लागेर गरुडा नगरपालिका ३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गरिरहेका स्थानीय ३९ बर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारीको आज विहान मृत्यु भएका हुन्।
चट्याङ लागेर घाइते अन्य ११ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी डीएसपी सुनिल मल्लले जानकारी दिए।