सिरहा, १० भाद्र। सिरहाका एक जना जनप्रतिनिधिले आफ्नो हजुरआमाको किरीयामा लाग्ने खर्च एम्बुलेन्स खरिदमा लाउने घाषणा गरेका छन्। सिरहा नगरपालिका ६ का वडा नम्बर अध्यक्ष इन्द्रजीत यादवले सातादिनअघि बितेका आफ्ना हजुरआमाको किरिया भोजमा लाग्ने रकमले एम्बुलेन्स किन्ने निर्णय लिएका हुन्।
वडा अध्यक्ष यादवले तराई मधेशमा श्रादमा ठूलो धनरासी खर्च गरेर गर्ने भोजलाई सामाजिक काममा लगाउने निर्णय अनुरुप एम्वुलेन्स किन्ने निर्णयमा पुगेको बताए। उभनले भने, ‘पहिला हजुरआमाको श्राद्धको भोज गर्नुपर्छ भन्ने सबैको सल्लाह भयो तर, भोजको खर्च जोड्दैजाँदा ५ लाख भन्दा बढी रुपैयाँ हुने देखियो । त्यसपछि निर्णय परिवर्तन भएको हो।’
उनका अनुसार अब भोज नगर्ने र एम्वुलेन्स खरिदमा आवश्यक पर्ने अझै रकम थपेर एम्बुलेन्स किनिने बताए। विरामी बाहिर लानुपर्ने अवस्था हुँदा गाउँमा एम्वुलेन्स पनि थिएन, तयहि भएर पनि मैले यस्तो निर्णय लिएको वडा अध्यक्ष यादवले बताए।
गाउँका भद्रभलाद्मी, मान्जन, जवाहर (जातिय अगुवा) हरु सबैले यसमा सहमति जनाएको वडाअध्यक्ष यादवले बताए।
उनका हजुरबुवा दुलारचन्द गोठियाको एक वर्षअघि र हजुरआमा असलानी देवीको एक साताअघि मात्रै निधन भएको हो। वडा अध्यक्ष यादवले हजुरबुवा र हजुरआमाको स्मृतिमा एम्बुलेन्स किन्ने बताए। एम्बुलेन्स किन्नका लागि प्रकृया सुरु गरिसकेको उनले जनाए।
एम्बुलेन्स आएपछि सामान्य शुल्कमा सञ्चालन गरिने बताए । इन्धन र चालकको खर्च मात्रै लिएर एम्बुलेन्स सेवा प्रदान गर्छौं उनको भनाई छ। एनले एम्बुलेन्स आएपछि एउटा समिति नै बनाउने र समितिले निर्धारण गरेको शुल्क लिएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने बताए।