सहकारी संस्था प्रति अबिश्वास बढ्दा रकम झिक्न बचतकर्ताको भिड

    • भदौ १०, २०७९
    • २३१ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    वीरगञ्ज, १० भाद्र। वीरगञ्ज महानगरपालिका ११ रानीघाटका सन्दिप साह अण्डा व्यवसायी हुन्। उनले मासिक रुपमा एक सहकारी संस्थामा १ सय रुपैयाँका दरले जम्मा गर्दै आएका थिए। तर सहकारीका सञ्चालकहरु बचतकर्ताको रकम लिएर फरार भएको घटनाहरु सार्वजनिक भएसँगै सहकारीप्रति बिश्वास उनलाई कम भएको छ। सन्दिप मात्रै नभएर अन्य बचतकर्ताहरुको बिश्वास पनि गिर्दै गएको छ।

    LMP-INDUSTRY_final_ProTech

    आफुले जम्मा गर्ने सहकारी पनि कतै फरार हुने हो की भन्ने डर र चिन्ताले पिरोलेपछि उनले बाध्य भएर सहकारीबाट रगत–पसिना एक पारेर जम्मा गरेको १० हजार रुपैयाँ निकाले। अब उनी ढुक्क छन्। उनले कम ब्याच आएपनि कुनै बैंकमा जम्मा गर्ने सोच बनाएका छन्। 

    1 copy

    यसैगरी, एकजना सैलुन व्यवसायीले पनि सन्दिपजस्तै थोरै पैसा मासिक रुपमा जम्मा गर्दै आएका थिए। उनले पनि सहकारी संस्थाप्रतिको बिश्वास नभएर जम्मा गरेको रकम झिकेका छन्।

    यी प्रतिनिधीमुलक पात्र मात्र हुन्। नियमित रुपमा ज्याला मजदुरी गरेर कमाएको रकमबाट खाईनखाई थोरै जम्मा गर्ने पात्र यहाँ धेरै छन् । उनीहरुकै रकम लिएर सहकारी संस्थाका सञ्चालकहरु फरार हुन थालेसँगै सहकारीप्रतिको बिश्वास बढाउँदै आएका सहकारी संस्थालाई पनि असहज भएको एक सहकारी संस्थाका सञ्चालकले बताए। उनी भन्छन्, ‘२/४ वटा सहकारी संस्था भागेपछि हामीलाई धेरै गाह्रो भइरहेको छ, यहाँ पनि रकम झिक्न आउनुहुन्छ, तर उहाँहरुलाई जसरी पनि बिश्वास दिलाएर पठाइरहेका छौँ।’

    सहकारीले मागेजति बचत रकम फिर्ता गर्न नसक्दा केही सहकारीमा कर्मचारी र बचतकर्ताबीच वादविवाद पनि हुने गरेका छ। यहाँका अधिकांश सहकारीबाट बचतकर्ताले झिक्न चाहेको जति रकम सहकारीले दिन सकिरहेका छैनन्।

    srijana school 333

    केही दिनअघि वीरगञ्जको छपकैयाँमा रहेको मानव समाज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक र पदाधिकारी बचतकर्ताको १ करोडभन्दा बढी रकम लिएर भागेपछि बचतकर्ताको सहकारी संस्थामाथिको विश्वास डगमगाएको हो।

    यहाँको जिल्ला बचत तथा ऋण सहकारी संघले अहिले सहकारीमा समस्या देखिएको स्वीकार गरेको छ । उसले यो समस्या चाँडै समाधान हुने विश्वास लिएको छ।

    एक सहकारीका सञ्चालक भन्छन्, ‘पैसा लगानी भएको छ, त्यो रातारात उठ्दैन, वचत राख्नेहरु सबै एकैपटक लाइनमा आएपछि कसरी पैसा दिने।’

    उनका अनुसार सहकारीबाट ऋण लिएकाहरुलाई रकम फिर्ता गर्न दबाव बढाइएको छ। तर उनीहरु पनि नियमित किस्ताबाहेक रकम तिर्न नसक्ने बताइरहेका छन्।

    कतिपय बचतकर्ताले भने आफूले बचत गरेको पैसाबाटै आउने जति ऋण माग्न जाँदा पनि नदिएपछि खाता नै बन्द गराउन थालेका छन्।

    महानगरपालिकाको तथ्यांक अनुसार अहिलेसम्म महानगरभित्र १ सय ९८ वटा सहकारी दर्ता छन्। तर कतिपय सहकारी नविकरण नै भएका छैनन् भने कतिपयले मासिक रुपमा बुझाउनु पर्ने कुनै पनि वित्तीय तथ्यांक बुझाउने गरेका छैनन्। चालु आर्थिक वर्षको पहिलो महिनामा जम्मा ६० वटा सहकारीले मात्रै मासिक वित्तीय विवरण बुझाएको महानगरले जनाएको छ।

    केही दिन अघि मात्रै भागेको भनिएको मानव समाज बचत तथा ऋण सहकारी संस्था गएको पाँच वर्षदेखि नविकरण नै नभएको महानगरको तथ्यांकले देखाएको छ। तर उक्त सहकारीले गएको साउन महिनासम्म बचतकर्ताहरुबाट बचत संकलन गरिरहेको थियो।

    jamdaha mabi

    सन्दीपमाथि लगाइएको क ...

    काठमाडौं, २ जेठ। नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर ...

    सिरहाबाट ब्राउनसुगरस ...

    सिरहा, २ जेठ। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब् ...

    मध्यमवर्गको राजनीतिक ...

      सीके लाल   सोभियत संघको वैचारिक &l ...

    दुवै सदनमा टेबुल हुन ...

    काठमाडौ, १ जेठ। सरकारको नीति तथा कार्यक्रम संघीय संसदको ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल