भुमिगत जलश्रोतको उपयोगले सिरहा र सप्तरीमा सिंचित क्षेत्र बढ्दै

    • भदौ १०, २०७९
    • २६८ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    फाईल फोटो।

    लहान, १० भाद्र। सिंचाईकै आभावमा गतबर्ष राम्ररी धान खेती गर्न नसकेर निराश बनेका सिरहाको धनगढीमाई नगरपालिका १२ का किसान सुबोध महतोले यसबर्ष भन्ने अधिकांश जग्गामा धान रोपाई गर्न सकेकोमा खसुी छन्।

    LMP-INDUSTRY

    यसबर्ष धान रोपाई गर्ने समयमा बर्षा नभएपनि यादवले बैकल्पिक सिंचाईको माध्यमबाट समयमै धान रोपाई गर्न सकेकोमा खुसी लागेको महतोले बताए।

    ‘कुनै बर्ष बर्षा पनि हुँदा र बैकल्पिक सिंचाईको पनि राम्रो व्यवस्था नहुँदा खेत बाँझै रहन्थ्यो; महतोले भने, ‘तर यसबर्ष देखि बैकल्पिक सिंचाईका लागि भुमिगत जलश्रोत र सिंचाई विकास डिभिजन कार्यालय लहानले डिप ट्युवेल जडान गरेपछि खेती गर्न सहज भएको महसुस गरेको छु।’

    1 copy

    अघिल्लो वर्ष सिंचाईको अभावमा करिब एक बिघामा मात्र धान खेती गर्न सकेको महतोले यसबर्ष भने दुई बिघा क्षेत्रफलमा धानबाली लगाएको बताए।

    यस्तै सिरहाकै नरहा गाउँपालिका ५ बलुवाका किसान कारी यादवलाई पनि यसबर्ष धानबाली लगाउन समस्या भएन्। उनले पनि साउनको पहिलो साता नै धान रोपाई गरेर थकान मेटाई रहेको बताए।
    ‘अघिल्लो बर्ष जस्तो यसबर्ष खेती गर्न पानीको कुनै समस्या भएन; यादवले भने, ‘यसबर्ष डिप ट्युवेलबाट पानी आएपछि समयमै धान रोपाई गरे, खासै पानीको दुख भएन्।’
    महतो र यादव मात्र होईन्, बिगतको बर्षमा खेतीका लागि आकाशे पानीको भर पर्दै आएका सिरहा र सप्तरीका किसानहरुको सिंचाईको समस्या विस्तारै ट्र्दै गएको छ।

    अन्नबालीको भण्डार मानिएको सिरहा र सप्तरीमा बर्षेनी खडेरीको मार खेप्दै आएका किसानहरुलाई राहत पु¥याउने उद्देश्यका साथ भुमिगत जलश्रोत र सिंचाई विकास डिभिजन कार्यालय लहानले डिप ट्युवेल, स्यालो ट्युवेल र पावर ड्रिल जडान गरेपछि आफुहरुको सिंचाईको समस्या ट्र्दै गएको किसानहरु बताउँछन्।

    भुमिगत जलश्रोत र सिंचाई विकास डिभिजन कार्यालय लहानले आर्थिक बर्ष २०७८/०७९ मा सिरहा र सप्तरीमा थप दुई हजार ८४० हेक्टर क्षेत्रफलमा सिंचाई सुबिधा बिस्तार भएको जनाएको छ।

    mount school 333

    सिंचाईका लागि आर्थिक बर्ष २०७८/०७९ मा सिरहा र सप्तरीमा ४५ थान डिप ट्युवेल र ३५ थान पावर ड्रिल जडान गरेपछि सिंचित क्षेत्र बढ्ेको कार्यालय लहानका कार्यालय प्रमुख सुदर्शन अधिकारीले जानकारी दिए।

    प्रमुख अधिकारीका अनुसार आर्थिक बर्ष २०७८/०७९ मा जडान गरिएको डिप ट्युवेल र पावर ड्रिलबाट थप सिरहामा एक हजार ८४८ हेक्टर र सप्तरीमा ९९२ हेक्टर क्षेत्रफलमा सिंचाई सुबिधा पुगेको छ।

    एक थान डिप ट्युवेलबाट ६० हेक्टर र पावर ड्रिलबाट चार हेक्टरमा सिंचाई हुन्छ।

    आर्थिक बर्ष २०७८/०७९ मा सिरहामा २९ थान र सप्तरीमा १६ थान गरी ४५ थान डिप ट्युबेल जडान गरिएको सो कार्यालयका हाईड्रोजियोलिष्ट दिपिका साहले जानकारी दिए।

    सिचाई सुबिधा पु¥याएर कृषिजन्य बस्तुको उत्पादनमा बृद्धि ल्याउने उद्देश्यले सो कार्यालयले आर्थिक बर्ष २०७८/०७९ मा सिरहामा २७ थान र सप्तरीमा आठ थान पावर ड्रिल समेत जडान गरिएको हाईड्रोजियोलिष्ट साहले बताए।

    यस्तै सो अबधीमा १४ वटा पम्पको मर्मत गरी पुनः सञ्चालनमा ल्याएको, १८ वटा वितरण प्रणाली तथा घर निर्माण गरिएको उहाँको भनाई छ। सो आर्थिक बर्षमा सिरहा र सप्तरीका ११ थानमा बिद्युतीकरण पम्प जडान गरिएको जनाएको छ।

    गत आर्थिक बर्ष २०७७/०७८ मा सो कार्यालयले सिरहामा ४० थान र सप्तरीमा आठ थान पावर ड्रिल जडान गरेको थियो। उक्त आर्थिक बर्षमा सिरहामा छ थान र सप्तरीमा १५ थान गरी २१ थान स्यालो ट्युबेल समेत जडान गरिएको थियो।

    कृषक समुहमा आबद्ध भएका किसानहरुको माग र सरकारले छनौट गरेको योजना अनुसार सिरहा र सप्तरीमा डिप ट्युबेल, स्यालो ट्युवेल र पालर ड्रिल जडान गर्दै आएको प्रमुख अधिकारीको भनाई छ।

    यसरी बर्षेनी डिप ट्युवेल, स्यालो ट्युवेल तथा पावर ड्रिल जडान हुन थालेसँगै सिंचित क्षेत्र बढ्दै गएको स्थानीय किसानहरुले बताएका छन्।

    ‘पहिला सिंचित क्षेत्र कम रहेकाले बर्षाको भरमा मात्र किसानहरुले खेती गर्दै आएको थियो’ सिरहाको धनगढीमाई नगरपालिकाका किसान श्याम महतोले बताए, ‘तर डिप ट्युबेल र स्यालो ट्युवेल जडान गर्ने क्रम बढ्ेसँगै बिस्तार सिंचित क्षेत्र बढ्दै गएको छ।’ यसबाट खेती गर्न सहज भईरहेको उनको भनाई छ।

    jamdaha mabi

    सन्दीपमाथि लगाइएको क ...

    काठमाडौं, २ जेठ। नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर ...

    सिरहाबाट ब्राउनसुगरस ...

    सिरहा, २ जेठ। सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब् ...

    मध्यमवर्गको राजनीतिक ...

      सीके लाल   सोभियत संघको वैचारिक &l ...

    दुवै सदनमा टेबुल हुन ...

    काठमाडौ, १ जेठ। सरकारको नीति तथा कार्यक्रम संघीय संसदको ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल