वीरगञ्ज, ९ भाद्र। जिल्ला प्रशासन कार्यालय पर्साले प्रलिपि नागरिकता सेवाको समय परिवर्तन गरेको छ। यसअघि कार्यालय समयमै सबै सेवा प्रवाह हुँदा सेवाग्राहीको भिडभाड बढ्दा अव्यवस्थित भएको भन्दै जिल्ला प्रशासन कार्यालयले समय परिवर्तन गरेको हो।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बिहिवार एक सूचना जारी गर्दै यही भदौ १० गतेदेखि १६ गतेसम्म बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपि नागरिकता सम्बन्धी सेवा प्रवाह हुने जानकारी गराएका छन्।
प्रतितलिपि नागरिकताका सेवाग्राहीको संख्या बढ समयमै प्रतिलिपि नागरिकता प्राप्त गर्न नसकेको गुनासो बढ्दै गएपछि बिहानीको समय मिलाइएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए।
उनकाअनुसार सार्वजनिक विदाको दिनबाहेक भोलीदेखि १६ गतेसम्मका लागि बिहान ७ बजेदेखि १० बजेसम्म प्रतिलिपि नागरिकता सम्बन्धी सेवा प्रवाह हुनेछ।