वीरगञ्ज, ८ भदौ। पर्साको पकाहमैनपुर गाउँपालिका ३ स्थित श्री रामचरीत्र भगत माद्यामिक विद्यालयका विद्यार्थीहरु कक्षा कोठामा पंखा जडान गर्नुपर्ने माग सहित आन्दोलनमा उत्रिएका छन्। अत्यधिक गर्मीका कारण विद्यार्थीहरु अर्धचेत तथा अचेत सम्म हुने गरेको भन्दै यथाशिघ्र सबै कक्षा कोठामा पंखाको व्यवस्थापन गर्न माँग गर्दै गाउँ पालिका घेराउ गरेका हुन्।

2 copy 1

विद्यार्थीहरुले कक्षा कोठाामा पंखा जडान गरेपछिमात्र पठनपाठन सुचारु गर्नुपर्ने माग गरेका छन्। विद्यार्थीले विद्यालय व्यवस्थापन गठनमा पालिकाले तदारुकता नदेखाएको आरोप समेत लगाएका छन्।

विद्यालयका कक्षा कोठामा पंखा नहुँदा साँघुरो कोठाभित्र उकुसमुकुस हुने गरी बस्नुपर्ने बाध्यता रहेको विद्यार्थीहरुको भनाई छ।

कक्षाकोठामा पटकपटक पंखा जडान गर्न आग्रह गर्दा पनि प्रधानाध्यापक र गाउँपालिका अध्यक्ष सुरेश मेहताले कुनै चासो नदेखाएपछि बाध्य भएर प्रदर्शन गर्नुपरेको कक्षा ९ मा अध्ययनरत एक छात्रले बताए।

शिक्षा, स्वास्थ्य जस्ता संवेदनशिल क्षेत्रको सुधार र बिकासमा पालिकाका प्रमुखको प्राथमिकतामा नपरेको नेकपा एमाले पकाहमैनपुर गाउँपालिका अध्यक्ष अकलेश साहले बताए। विद्यार्थीहरुको पट–कपटकको मागलाई बेवास्ता गरेपछि आन्दोलन जायज भएको बताउँदै उनले विद्यार्थीहरुको माग सम्बोधनका लागि प्रधानाध्यापक र पालिका प्रमुखको ध्यानाकर्षण पनि गराएका छन्।

mount school 333

विद्यालय र स्वास्थ्य चौकीहरुको सुधार र बिकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न पनि उनले सरोकारवालालाई आग्रह गरेका छन्।

विद्यालयका प्रधानाध्यापक छोटेलाल साहले आफुले चाहेर मात्रै पंखा जडान हुन नसक्ने बताए। गाउँपालिका कार्यालयमा पत्र पठाइसकेको बताउँदै उनले ढिलोचाँडो जडान हुने बिश्वास व्यक्त गरे।

पंखा जडानका लागि आफुले भ्याउनेसम्म प्रयास गरेपनि शिक्षा समितिका अध्यक्षसमेत रहेका पालिका अध्यक्ष मेहताले कुनै तदारुकता नदेखाएको प्रधानाध्यापक साहको प्रतिक्रिया छ।

वडा नम्बर ३ का वडाअध्यक्ष सञ्जय चौहानले ३ दिनभित्र पंखा जडान हुने प्रतिबद्धता जनाए। यदि मागको सम्बोधन नभएमा अँझै आन्दोलन चर्काउँदै जाने चेतावनी पनि विद्यार्थीहरुले दिएका छन्