राजविराज, ७ भाद्र। सप्तरीमा प्रहरी र स्थानीयविचमा भएको झडम नियन्त्रणमा लिन तीन राउण्ड हवाई फायर भएको छ।
जिल्लाको बलान विहुल गाउँपालिका ४ बेल्हीमा तस्करीको सामान बरामद गर्ने क्रममा आज अपरान्ह प्रहरी र स्थानीयविच झडपहुँदा स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको हो।
प्रहरीलाई अवरोध पुर्याएपछि विवाद सुरु भएको थियो। विवाद बढ्दै प्रहरी र स्थानीय बीच झडपको अवस्था आएपछि गोली चलेको र त्यस क्रममा स्थानीय र प्रहरी समेत घाइते भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
स्थानीयले प्रहरीमागि ढुङ्गामुढा गरेपछि हवाई फायर गर्ने अवस्था आएको प्रहरीको भनाई छ।
अहिले अवस्था सामान्य भएको प्रहरीको भनाई छ।