सिरहा, ६ भद्र। मिर्चैयाका व्यवसायीहरूको शान्तिपूर्ण आन्दोलमा प्रहरीले गरेको अन्धाधुन्द आक्रमणबाट दर्जनबढी व्यवसायी तथा स्थानीय घाइते भएका छन्।

mount school 333

पूर्वपश्चिम राजमार्ग अन्तर्गत वसिरहाको मिर्चैया सडक खण्डमा धुवाँ, धुलो र हिलोका कारण अजित पिडित भइरहेका व्यवसायीले गरेको शान्तिपूर्ण आन्दोलनमा मिर्चैया उद्योग वाणिज्य संघका सजिव भरत महासेठ सहित दर्जनबढी व्यसायीहरुलाई प्रहरीले बल प्रयोग गरी कुटपीट गरेको हो।

सचिव भरत माहासेठ र जेएम होटलका कामदार अजय पासवानको टाउको र शरिरका विभिन्न अंगमा हड्डी भाच्नेगरि कुटपिट गरेको स्थानीय स्तरमा उपचार हुन नसकेपछि थप उपचारको लागि बिराटनगर उपचारका लागिको छ।

सडक निर्माण कम्पनी र सरकोकारवालाहरुसँग पठक पठक बार्ता र सम्झौता गरेपनि वास्ता नगरेको भन्दै स्थानीय आन्दोलित थिए।

शान्तिपूर्ण आन्दोलनमा नेपाल प्रहरी र शस्त्र प्रहरीहरूको टोलिले व्यवसायी र स्थानीय माथि अन्धाधुन्ध किसिमले पसल भित्र पसि लखेटि लखेटि कुट पिट र दुव्र्यवहार गरेको व्यसायीहरुले आरोप छ। उनीहरुले घटनामा संलग्नलाई कार्वाहीको माँग गर्दै थप आन्दोलनको घोषणा गरेका छन्।

2 copy 1

व्यवसयाीहरुले आज सोमवार विहान ८ बजे देखि साँझ ६ बजे सम्म एक दिनका लागि मिर्चैयाका सम्पूर्ण व्यवसायी बन्द गरि थप चरणबध्द आन्दोलन गर्ने भएको छ।

यता प्रहरीले भने पूर्व पश्चिम राजमार्ग जाम गरेर केही युवाहरुले प्रहरीमाथि ढुङ्गामुढा गरेकोले केही बल प्रयोग भएको बताए। प्रहरीले सडक सडक खुलाउन समन्वय गरेपनि केही युवाहरुले प्रहरीलाई नै लक्षित गरेर ढुङ्गा मुडा गरेपछि सामान्य बल प्रयोग भएको र त्यस क्रममा सिपाहिहरुलाई चोटपटक लागेको बताए।

jamdaha mabi