मुकेश कुमार यादव

सिराहा ४ भद्र। डिभिजन वन कर्यालय सिराहा लहानले वन कर्मचारी र तस्करको मिलेमतोमा सःमिलमा पुर्याएको ठूलो परिमाणमा काठ वरामद गरिएको छ। काठ तस्करहरुले अवैध रुपमा कटान गरि मिर्चैया नगरपालिका ९ घुर्मी पुल छेउमा रहेको लक्ष्मी नारायण सः मिलसम्म पुर्याएको ६८ थान खयरको गोलिया बरामद गरेको हो।

mount school 333

सिरहाको मिर्चैया नगरपालिका ९ कमलदहमा रहेको समुदायिक वन घुर्मी डाँडाबाट अवैध रुपमा खयर र सिसौ जातका रूख कटान गरी सः मिल सम्म ल्याइएको थियो।

सव डिभिजन वन कार्यालय चोहर्वा र सव डिभिजन कार्यालय मिर्चैयाकै कर्मचारीको मिलोमतोमा गत बिहीबार राती कटान गरिएको खयरको काठ सः मिलसम्म पुगेको स्थानीयको आरोप छ।

काठसँगै मिलका संचालक मदन ठाकुर समेत पक्राउ गरेपनी तत्काल रकम लेनदेनमा छोडेको नाम नबताउने सर्तमा वनकै एक कर्मचारीले वताए।

सव डिभिजन वन कार्यालय मिर्चैया र चोहर्वाबाट सः मिल बढिमा २ किलोमिटरको दुरीमा छ। नजीकै हुँदा समेत त्यहाँका कर्मचारीले सुइँको नपाएजस्तो गर्नुले उनीहरुको मिलेमत्तोको पुष्टि गरेको स्थानीयको भनाई छ।

स्थानीयको सहयोगमा डिभिजन वन कार्यालय लहानले अवैध कटान गरि सःमिलमा राखिएको काठ नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका प्रमुख डेफो शैलेन्द्र कुमार मिश्रले जनाकारी दिए।

1 copy

प्रमुख मिश्रका अनुसार वरामद गरिएको काठ र फरार रहेका सःमिल संचालक ठाकुर माथि आवश्यक अनुसन्धान भइरहेको बताए।

अवैध रुपमा कटान गरि सः मिल सम्म पु¥याउँदा पनि नजिकै रहेको सब डिभिजन वन कार्यालय चोहर्वा र सब डिभजन वन कार्यालय मिर्चैया वेखवर जस्तो रहनुले आशंकालाई झन बल दिएको छ।

सब–डिभिजन वन कार्यालय चोहर्वाकाको कर्मचारी र प्रहरी प्रशासनकै मिलोमतोमा यस क्षेत्रवाट व्यापक रुपमा काठ चोरी तस्करी हुने गरेको स्थानीयहरु बताउँछन्।

jamdaha mabi