सिरहा, २९ साउन। जंगली हात्तिको आक्रमणबाट सिरहामा एक जना गम्भिर घाईते भएका छन्। हात्तिको आक्रमणबाट जिल्लाको गोलबजार नपा ३ जरुवाका ३५ वर्षिय रामकुमार दनुवा घाइते भएका हुन्।
आज विहान ४ बजेतिर घरबाट खेतघुम्न गएका बेला जंगली हात्तिको आक्रमणबाट सख्त घाइते भएका थिए। बेहोसी अवस्थामा खेतमा भेटिएका उनलाई उपचारको लागि गोलबजार ल्याएपनि उपचार सम्भव नभएपछि लहान लगिउको थियो।
लहानमा पनि उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान लगिउको वडा अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए।
आजै हात्तिले गोलबजार नपा १ चारघरेका इन्द्रलाल खपाङ्गी, आनन्द आले, टङ्क आले, महेन्द्र खपाङ्गी, समस्तीलाल आले लगाएतको घर घत्काएको स्थानीय सुजन रानाले जानकारी दिए। हात्तिले उनीहरुको घरमा रहेको धान लगाएत अन्नपात समेत खाएको छ।
आजै गोलबजार नपा ३ जमदह र मुसहर्नियाँमा गरी २ वटा घर भत्कएको छ मा एक घर भत्काएर धान खाएको छ।
आइतबार लहान नगरपालिका १५ मोहनपुर र सिसवनी गाउँमा ६ जनाको घरमा क्षति पु¥याएको गाउँले बताउँछन्। लहान १५ का वडाध्यक्ष तेजनारायण चौधरीका अनुसार सिसवनी र मोहनपुर गाउँका सातवटा कच्ची घर भत्काएर हात्तीको समूह चुरे जंगल हुँदै पश्चिमतिर लागेको थियो । हात्तीको समूहले स्थानीय लक्ष्मी सदाय, शिवकुमारी सदाय, राम सदाय, श्यामकुमार सदाय, दीपेन सदाय, सरोज सदाय र कपले यादवका घर भत्काएको वडाअध्यक्ष चौधरीले जानकारी दिए।