लहान, २८ साउन। सिरहाको लहान नपा १५ सिसवनी र मोहनपुर गाउँमा जंगली हात्ति पसेर ७ घर भत्काएका छन्। गाउँ पसेका जंगली हात्तीले सदाय, राम सदाय, श्याम कुमार सदाय, लक्ष्मी सदाय, शिवकुमारी दिपेन सदाय, सरोज सदाय र कपले यादवका फुसको घरहरु भत्काएका हुन्।

3 copy
जंगलबाट आएका हात्तीले घर भत्काउनुको साथै अन्नबाली पनि खाएको वडा अध्यक्ष तेजनारायण चौधरीले जानकारी दिए। गाउँले हरुले राती नै राँको बालेर हात्तीलाई लखेटेका छन् ।
वर्षातमा घर भत्काएपछि उनीहरु विच्चलिमा परेका छन्। घटनाबारे जानकारी पाएलगतै मेयर महेश चौधरी गाउँ पुगेका थिए। पीडितहरुलाई तत्कालै राहत उपलब्ध गराउने उनले बताए। फुसको घर भत्केकोलाई जस्तापाता र त्रिपाल दिने मेयर चौधरीले जानकारी दिए। उनीहरलाई तत्काल खाद्यान्न र आवश्यक त्रिपाल उपलब्ध गराउने जनाए।

jamdaha mabi