प्रतिवन्धित लागु औषध सहित लहानबाट दुई युवक पक्राउ

    • श्रावण २३, २०७९
    • ३२४ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    लहान, २३ साउन। सिरहा प्रहरीले विभिन्न प्रतिवन्धित लागु औषध सहित लहानबाट दुईजना युवकलाई नियन्त्रणमा लिएको छ।

    2 copy 1

    जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानको संयुक्त प्रहरी टोलीले लहान नपा ३ अस्पताल चोकको सगरमाथा होटेलबाट आईबार बेलुका लहान १ का ३० वर्षिय दिलिप साह र लहान ७ कै २८ वर्षिय गोपाल दासलाई नियन्त्रणमा लिएको हो।

    उनीहरुको साथबाट फेनरागन ९९१ एम्पुल, डाईजिपाम ९९१ एम्पुल, ब्युप्रिनोर्फिन ९९१ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

    प्रहरीले उनीहरुले प्रयोग गर्दैआएको स.६ प. ६३३ नम्वरको मोटरसाईकल, सानो सादा मोबाईल २ थान र ओपो कम्पनीको मोबाईल एक थान समेत बरामद गरेको छ।

    लहान नपा ३ अस्पताल चोकको सगरमाथा होटेल एण्ड लजमा शंकास्पद लागु औषधको कारोवार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरी त्यहाँ पुगेको बताइएको छ। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    IMG-20220803-WA0002_1659535725

     

    सिरहामा १० मिनेट नवि ...

    न्युज कारखाना/सिरहा, १६ चैत । सिरहामा परिक्षा संचालन भए ...

    भूमि बैङ्कको प्रस्त ...

      काठमाडौं, १५ चैत।  ६ किसान संगठनहरूले ...

    गोलबजार मेयर गोल्डकप ...

    सिरहा, १५ चैत। सातौं गोलबजार मेयर गोल्डकप आन्तर्राष्ट्र ...

    कटुवा पेस्तोलसहित बा ...

    फाईल फोटो। सिरहा, १५ चैत। सिरहा प्रहरीले कटुवा पेस्त ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल