सप्तरी, १९ साउन। सप्तरीमा बुधबार राति करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ। कञ्चनरुप नगरपालिकामा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा कञ्चनरुप ६ का ४० वर्षीय सौदानन्द सरदार र उनकी बुहारी २० वर्षीया अन्जली सरदार छन्।
सप्तरी प्रहरीका अनुसार आफ्नै आँगनमा मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेर अचेत भएकी बुहारीलाई छुटाउन जाँदा सौदानन्दलाई पनि करेन्ट लागेको हो।
करेन्ट लागेर दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार अन्जली सात महिनाकी गर्भवती थिईन्।
यस्तै, सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा ५६ वर्षीय शिवशंकर साहको पनि करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा उनलाई करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
पछिल्लो चरण असावधानीका कारण घरायसी प्रायोजन र कृषि प्रयोजनका लागि पानी तान्ने मोटरहरु विद्युतिय धराप बन्न थालेको छ। असावधानी र विद्युत प्रयोगको उचित ज्ञान नहुँदा पानीतान्ने मोटरहरु धरापबन्दै गएको जानकारहरु बताउँछन्।