नौं बुन्दे सुझाव सहित मधेश प्रदेश औद्योगिक सम्मेलन सम्पन्न

    • श्रावण १८, २०७९
    • २८० पटक पढिएको
    • गमक पाेस्ट
    alt

    बारा, १८ साउन। मधेश सरकारले प्रदेशको आर्थिक बृद्धिका लागि वातावरण निर्माण गर्ने उद्देश्यका साथ बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलन ९ बुन्दे सुझाव सहित सम्पन्न भएको छ।

    1 copy

    नेपाल उद्योग परिसंघ, शिप परियोजना र युके एडको समन्वयमा मधेश सरकारले आयोजना गरेको औद्योगिक सम्मेलनमा उद्योगपतिहरुले प्रदेशमा आर्थिक वृद्धिको वातावरण निर्माणका लागि सरकारलाई ९ बुन्दे सुझाव दिएका हुन्।

    उनिहरुले मधेश प्रदेशमा पछिल्लो समय वृद्धि भएको आर्थिक गतिविधिलाई निरन्तरता दिदै थप लगानी मैत्री वातावरण निर्माण गर्न उद्योग दर्ता, संचालन र उद्योगबाट बाहिरिने प्रक्रियालाई सरल एवम् द्रत्त गतिमा लानुपर्ने, मधेश उद्योग व्यवस्थापन ऐन बन्नुवर्र्ने, विरगञ्जमा स्थापना भएको एकद्वार प्रणालीले मधेश प्रदेशमा उद्योगहरुलाई सहज र सरल वातावरण बनाउन तीन दिनमै उद्योग दर्ता महत्वपूर्ण भएपनि यसलाई अझै सहज स्वचालित र डिजिटलाइज गरि थप सहजता प्रदान गर्नु पर्ने सुझाव दिएका छन्।

    प्रदेश ऐनमा अतिरिक्त सहुलियत घोषणा भए पनि संघीय सरकारसँगको समन्वय आवश्यक रहेको निम्न व्यवस्थाहरुलाई संघीय कानुनसँग सामन्जस्यता कायम गराउनुपर्ने, स्थिर पुँजीको आधारमा उद्योगहरूको वर्गीकरण हुनु पर्ने सहितका सुझावहरु उद्योगी व्यसायीहरुले दिएका छन्।

    2 copy

    उद्योगीहरुले विभिन्न प्रकारका उद्योगहरूको जिम्मेवारीहरू समेटिनुपर्ने ,सुविधा र छुटहरू संघीय ऐन र प्रदेश ऐन अन्तर्गत प्रदान गरिने कर र गैरकर लाभहरू सङ्घीय र प्रादेशिक सरकारमा छुट्टाछुट्टै संयन्त्र विकास हुनु पर्ने, मधेश प्रदेशको आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न नयाँ उद्योग स्थापना र आर्थिक रूपमा उद्योगहरूको मापन सक्षम गर्न भूमिको प्रयोगलाई सहज बनाउनु पर्ने , प्रदेश ऐनले उद्योगहरूले सरकारी जग्गाको भाडामा लिजमा जग्गा पाउने व्यवस्था गरेको भए पनि स्पष्ट संयन्त्रको विकास गर्नु पर्ने , मानव संसाधन विकासको लागि उत्कृष्टता केन्द्र निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक क्षेत्रमा रोजगारीको भूमिका बढाउन दक्ष जनशक्ति उत्पादन को ब्यवस्था हुनु पर्ने सुझाव सरकारलाई दिएका छन्।

    उद्योगिहरुको सुझाव ग्रहण गर्दै मुख्यमन्त्री लालबाबु राउतले उद्योगी हरुबाट आएको सुझावलाई प्रदेश सरकारले अक्षरसः पालन गर्ने र संघिय सरकार संग सम्बन्धित विषयका लागि समन्व्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

    3 copy

    यस अघि सम्मेलनको क्रममा प्रदेश सरकारले प्रदेशको आर्थिक वृद्धिका साथै रोजगार सृजनामा योगदान दिने २३ उद्योगलाई विभिन्न अवार्ड बाट सम्मानित समेत गरेको थियो। सम्मानित हुने उद्योगहरुमा त्रिवेणि स्पिनिङ मिल्स, जे स्पिनिङ मिल्स र एनपी एस इन्डस्ट्रिजलाई रोजगारदाता विधामा अवार्ड , मारुती सिमेन्ट, गणपति वनस्पति, अन्नपूर्ण तरकारी उत्पादन र नारायणी आयल रिफाइनरी उद्योगलाई एक्स्पोर्ट एक्सिलेन्स अवार्ड , सूर्य नेपाल, डाबर नेपाल र हिमालयन डिस्टिलरीलाई प्रदेशको सबैभन्दा बढी कर तिर्ने उद्योगको अवार्ड , निम्बस, इन्दु शंकर चीनी उद्योग लिमिटेड, कुश एग्रो इन्टरप्राइजेज, इऋद्य ँययम बलम ँभभमक लाई कृषि व्यवसाय क्षेत्रमा आविष्कारको लागि अवार्ड , हुलास स्टील, शिव शक्ति प्याकेजिङ्ग, आरसी लीड र ब्याट्री उद्योग, महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी, वल्ड लिंक, इन्टरनेट मार्केट टुडे र जानकी टेक्नोलोजि, शालिमार ग्रुप र जगदम्बा सिमेन्ट युवा उद्यमी अवार्ड रहेका छन्।

    सम्मेलनमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्र साह, उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय यादव, खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा, प्रदेश सरकार का प्रमुख सचिव कृष्ण बहादुर राउत सहितका सचिवहरु लगायत प्रदेश स्थित करिब एक सय जना उद्योगी हरुको सहभागिता रहेको थिया।

    jamdaha mabi

    इच्छा अधुरै रह्यो ...

      अमृता लम्साल मलाई उहाँसँग पर ...

    मधेश प्रदेशका मुख्यम ...

    जनकपुरधाम, ४ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    रवि लामिछानेले सहकार ...

      काठमाडौं, ३ बैशाख। बुटवल ...

    भारतीय चुनावआयोगले ४ ...

    काठमाडौं, ३ बैशाख। भारतमा लोकसभाको निर्वाचन शुरु हुदै ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल