काठमाडौं, १७ साउन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई एक होटलबाट घुस सहित पक्राउ गरेको छ।
सेवाग्राहीसँग पर्यटन व्यवसायी दर्ता गराउनका लागि भन्दै लिएको ६ लाख घुस सहित पक्राउ परेका अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।
पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो। उजुरीपछि अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको हो।