बर्दिवास, १५ साउन। महोत्तरीमा सर्पको टोकाईबाट एक निजी विद्यालयका संस्थापक प्रिन्सिपलको मृत्यु भएको छ । सिन्धुली घर भई बर्दिबास ४ माइस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो।

2 copy

शनिबार राती सर्पले डसेपछि लगत्तै बर्दिबास ३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र पुर्‍याएपनि उपचारको क्रममा मृत्यु भएको बताइएको छ । सर्पले डसेर गम्भीर अवस्थाका श्रेष्ठलाई भ्यान्टिलेटरको सघन उपचार आवश्यक भएपनि केन्द्रका सुविधा नभएकाले थप उपचारको लागि जनकपुर पुर्‍याइएको थियो।

झुल नलगाई सुतेका श्रेष्ठलाई घरको छानाबाट झरेको गोमन सर्पले घाँटीमा डसेको थियो। गोमनको डसाइले गम्भीर बनेका श्रेष्ठलाई भ्यान्टिलेटरमा सघन उपचारको आवश्यकता दर्शाउँदै सर्पदंश उपचार केन्द्रका प्राविधिकले जनकपुर लैजान सुझाएपछि उनलाई जनकपुर पुर्‍याइए पनि उपचार हुन भ्याएन। प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकले श्रेष्ठलाई मृत घोषित गरेका हुन्। श्रेष्ठ बर्दिबास ४ स्थित माइस्थान पब्लिक स्कुलक संस्थापक प्रधानाध्यापक हुन्।

1 copy