विराटनगर, १४ साउन। विराटनगर प्रहरीले तरकारी बोकेको ट्रकमा लुकाएर भारततर्फ लैजादै गरेको १५६ केजी गाँजा सहित ट्रक र त्यसक चालक नियन्त्रणमा लिएको छ।

2 copy

इलाका प्रहरी कार्यालय रानीले प्रहरीले विराटनगर १५ को दुई नम्बर ढाटबाट शुक्रबार राती प्र१–०२–००१ख८६७७ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्दा ६ वटा बोरा राखिएको १५६ केजी गाँजा सहित चालक र ट्रक नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी दिपक श्रेष्ठले ट्रकका चालक धनकुटाको शहिदभूमि गाँउपालिका ३ छिन्ताङका २९ वर्षीय विवेक राईले ४६ बोरा बन्दाकोभी लोड गरिएको ट्रककको तल्लो भागमा छ बोरा गाँजा समेत भारततर्फ तस्करी गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिइएको जानकारी दिए।

प्रहरीले चेकजाँचको क्रममा गाँजा भेटिएपछि मिनिट्रक, चालकसहित सम्पूर्ण सामान नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। इलाका प्रहरी कार्यालय रानीले चालक राईसँग गाँजा विषयमा थप अनुसन्धान सुरु गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी जानकारी दिए ।

jamdah mabi 3