राहुल गान्धी प्रहरीको नियन्त्रणमा

    • श्रावण १०, २०७९
    • 762 पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    काठमाडौं, १० साउन। भारतको विपक्षी पार्टी कांग्रेसका नेता राहुल गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ। दिल्लीको संसद भवनस्थित महात्मा गान्धीको मूर्तिअगाडि धर्नामा बसेका राहुललाई दिल्ली प्रहरीले हिरासतमा लिएको हो।

    srijana school 2

    कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले दोस्रोपटक गर्न लागेको सोधपुछको विरोधमा राहुल गान्धीलगायतका कांग्रेस नेताहरु धर्नामा बसेका थिए। 

    राहुल गान्धीले भने प्रहरील पूर्वाग्राह राखेर पक्राउ गरेको बताएका छन्।

    कांग्रेस अध्यक्ष सोनियामाथि नेशनल हेराल्डको मुद्दामा यसअघि जुलाई २१ मा ईडीले करिब दुई घण्टा सोधपुछ गरेको थियो। ईडीले यसबारे राहुल गान्धीसँग पनि केही घण्टा सोधपुछ गरिसकेको छ। 

    के थियो मुद्दा? 
    यो घटना नेशनल हेराल्ड अखबारसँग जोडिएको छ। यसको स्थापना सन् १९३८ मा भारतका पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरुले गरेका थिए। त्यतिबेला यसलाई कांग्रेसको मुखपत्र मानिन्थ्यो।

    mount school 333

    यसको स्वामित्व भने एसोसिएइटेड जर्नल लिमिटेड (एजेएल)सँग थियो। यसले हिन्दी भाषामा नवजीवन र उर्दूमा कौमी आवाज नामका दुईओटा अखबार छाप्थ्यो। सन् १९५६ मा भारत स्वतन्त्र भएपछि  एसोसिएट जर्नललाई गैर व्यावसायिक कम्पनीको रुपमा स्थापित गरिएको थियो। सन् २००८ मा यो कम्पनी खारेज गरिएको थियो। यो कम्पनीमाथि ९० कराड भारतीय रुपैयाँको ऋण पनि थियो। 

    कांग्रेसले पुनः यङ इन्डियन प्राइभेट लिमिटेडनामको अर्को गैर व्यावसायिक कम्पनी बनाएको थियो। जसमा सोनिया गान्धी, राहुल गान्धीसहित मोतिलाल वोरा, सुमन दुवे, ओस्कार फर्नान्डिस र सैम पित्रोदालाई निर्देशक बनाइएको थियो। 

    यो कम्पनीमा सोनिया गान्धी र राहुल गान्धीको ७६ प्रतिशत शेयर थियो। यो कम्पनीले एजेएल कम्पनीलाई अधिग्रहण गरेको थियो। कांग्रेसले यो कम्पनीलाई ९० करोड ऋण पनि दिएको थियो। 

    सन् २०१२ मा भाजपा नेता सुब्रह्मण्यम स्वामीले एक याचिका दायर गर्दै कांग्रेस नेताहरुमाथि धोकाधडीको आरोप लगाएका थिए। उनले ५० लाख भारतीय रुपैयाँमा नयाँ कम्पनीले एजेलको २० अर्बको सम्पत्ति आफ्नो बनाउने चाल चलेको आरोप लगाएका थिए। 

    सोही विषयमा अहिले ईडीले अनुसन्धान गरिरहेको हो। 

    295386860_1150213525619170_3945683582880262578_n

    पक्राउ बिद्यार्थी रि ...

    सर्लाही, २३ सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिका तथा ...

    कटारी अस्पतालबाटै सर ...

    उदयपुर, २३ जेठ। उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पता ...

    ठूलो परीमाणमा लागुऔष ...

    सिरहा, २३ जेठ। सिरहा प्रहरीले भारिमात्रामा प्रतिवन्धित ...

    दलितलाई राजनीतिमा सम ...

    सिरहा, २१ जेठ। दलितहरुको जनसंख्याको आधारमा समानुपातिक र ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल