राजविराज, ९ साउन। दलित समुदायमाथि भएको हत्या, हिंसा, कुटपिट तथा बलात्कार जस्ता घटनामा संलग्न दोषीहरुलाई पक्राउ गरी कार्वाही गर्नुपर्ने माँग गर्दै राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले आईतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। राजविराजस्थित शिबमन्दीर प्राङ्गणबाट निष्केको दलित समुदायको ¥याली नगर परिक्रममा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापनपत्र बुझाएको हो ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय, जिल्ला प्रहरी कार्यालय सप्तरी, मानवअधिकार आयोगलाई बोधार्थसहित बुझाएकोे ज्ञापनपत्रमा सप्तरी जिल्लामा दलित समुदायमाथि जातीयताकै कारण दलित समुदायमाथि हत्या, हिंसा, कुटपिट तथा बलात्कार जस्ता घटनामा संलग्न दोषीहरु अझै कानुनी दायरामा आउन नसकेकोले तत्काल कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ।
सप्तरीको खडक नगरपालिका ४ पंसेराका सन्तलाल पासवान, सुरुङ्गा नगरपालिका ७ पोखरीयाकी ज्योति पासवान, शम्भुनाथ नगरपालिकाका त्रिभुवन राम, डाक्नेश्वरी नगरपालिका सखुवाका सुकदेव खंग लगायतका हत्याकाण्डमा संलग्नलाई पक्राउ पर्न नसक्नु, राज्य र कानुनलाई चुनौती दिनेगरी पीडितलाई धम्काउँदै समाजमा खुलमखुलन हिड्ँनु, पक्राउ गरिएकालाई पनि कमजोर दुलोबाट धरौटी जमानतमा छुटकारा पाउने गरेको ज्ञापनपत्रमा उल्लेख छ।
अभियानका सप्तरी अध्यक्ष प्रथमलाल रामद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सम्पुर्ण घटनाका दोषीलाई पक्राउ गरी दलित समुदायलाई न्यायको प्रत्याभूति दिलाउनुपर्ने माग गर्दै माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेताबनी समेत दिईएको छ।