काठमाडौं, ८ साउन। नेपाली कांग्रेसनिकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन्।
सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षका उम्मेदवार अनिता बिन्दूलाई हराउँदै इतर पक्षका लम्साल अध्यक्षमा विजयी भएका हुन्।
लम्साल कांग्रेसको शेखर–गगन समूहबाट उम्मेदवार बनेका थिए। पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि उक्त समूहकै बाहुल्यता छ।
प्रेस युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलीप पौडेल विजयी भएका छन्। वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र खुला उपाध्यक्षमा विजयी नकुल अर्याल पनि इतर पक्षकै हुन्।
खुला उपाध्यक्षमा संस्थापन पक्षका भीष्मराज ओझा र कोषाध्यक्षमा माधव धितालले जित दर्ता गराएका छन्।
त्यस्तै सचिव पदमा पनि इतर पक्षले पकड बनाएको छ। नेपालखवरबाट।