फाईल फोटो।
सिरहा, ८ साउन। सर्पदंशबाट सिरहमा एक बादकको मृत्यु भएको छ। घरमै साथीहरुसँग लुकामारी खेल्ने क्रममा केराबारीमा लुक्न गएकाबेला सर्पदंशबाट गोलबरजार नपा ३ जमदह भागवारीका नथुनी सदाका ६ वर्षिय छोरा अनिल सदायको मृत्यु भएको हो।
शर्पले डसेर शिकिस्त भएका उनलाई उपचारको लागि चोहर्वास्थित जयकाली शर्प दंश केन्द्र पुर्याएपनि उनको मृत्यु भईसकेको बताईएको छ।
खेलिरहेका बेला सर्पले टोकेको भएपनि बालकले थाहा नपाएका कारण उनी शिकिस्त भएपछिमात्र घरपरिवारले थापा पाएको स्थानिय नरवहादुर थापाले जानकारी दिए।
उनी गाउँकै सरस्वति माध्यमिक विद्यालयमा बालविकासमा बढ्दै थिए।