राजविराज, ८ साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको ‘हरवा चरवा मुक्त’ घोषणाको स्वागत गर्दैे सप्तरीका हरवा चरवाको सवालका क्रियाशिल संस्थाले कार्यान्वयन गर्न आग्रह गरेको छ।
श्रीपुर्राज सामुदायिक विकास केन्द्रका अध्यक्ष चतुरनारायण चौधरीले प्रेस बिज्ञप्ती जारी गर्र्दै प्रधानमन्त्री देउवाले गरेको ऐतिहासिक हरवा चरवा मुक्त घोषणा कार्यान्वयन गर्नका लागि सरकार, सम्बन्धित निकाय तथा सरोकारबालाहरुसँग आग्रह गरेका हुन्।
गत श्रावण २ गते आयोजित नेपालका मुक्त कमैयाहरुको २२ औं मुक्ति दिवस कार्यक्रममा प्रधानमन्त्री देउवाले विशेष सन्देश मार्फत मधेस प्रदेशका ८ जिल्लामा रहेको हरवा चरवा प्रथा मुक्तको घोषणा गरेका थिए।
मुक्त कमैया कम्लहरी, मुक्त हलिया, हरवा चरवा सम्बन्धी वस्तुस्थिति अध्ययन समितिले गत वैशाख ९ गते आफ्नो अध्ययन प्रतिवेदनको सिफारिशलाई समुचित ठह¥याउँदै भूमिब्यवस्था, सहकारी तथा गरिबी निबारण मन्त्रीको सक्रिय पहलमा विद्यमान कमैया श्रम निषेध ऐन २०५८ अनुसार हरवाचरवाको मुक्ति र ऋण र कागजात खारेजी सम्वन्धमा प्रधानमन्त्री देउबाद्वारा भएको सो घोषणा ऐतिहासिक र महत्वपुर्ण घोषणा भएकोे बिज्ञप्तीमा उल्लेख छ।
पुनस्र्थापनाको एकीकृत प्याकेजसहित हरवा चरवाको मुक्ति र पुनस्र्थापनाको कार्यलाई प्रभावकारी ढंगले अघि बढाउन सकिएमा एउटा त्यस्तो ऐतिहासिक पाइला हुने र जसले नेपालमा सम्पूर्ण रुपमा सामन्ती भूदास प्रथा बँधुवा श्रमको पुरापुर उन्मुलन सम्भव बनाउने छ बिज्ञप्तीमा भनिएको छ।