मधेस प्रदेश : ‘असारे विकास’ अनियमितता छानबिन गर्न उपसभामुखको संयोजकत्वमा समिति गठन १५ दिनभित्र प्रतिवेदन पेस गर्न निर्देशन

    • असार २०, २०७९
    • ३३५ पटक पढिएको
    • गमक पाेस्ट
    alt

     

    जनकपुर, २० असार। मधेस प्रदेशको प्रमुख प्रतिपक्ष लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेशसभाको बैठकमा ‘असारे विकास’ को नाममा अनियमितता भएकोबारे उठाएको प्रश्नबारे छानबिनका लागि संसदीय समिति गठन गरिएको छ । लोसपाकै मागअनुसार सभामुख सरोजकुमार यादवले उपसभामुख उपमा कुमारी देवको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेका हुन् ।

    laif 1

    प्रदेशसभामा प्रमुख प्रतिपक्षी लोसपा नेपालका प्रमुख सचेतक परमेश्‍वर साहले अर्थ मन्त्रालयबाटै विकास निर्माणको नाममा अनियमितता भइरहेको आरोप लगाउँदै संसदीय छानबिनको माग गरेका थिए । सोहीअनुसार सभामुख यादवले १५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी संसदीय समिति गठन गरेका हुन्।

    छानबिन समितिको संयोजकमा उपसभामुख देव छिन् भने सदस्यहरूमा विन्देश्वरप्रसाद यादव, शिवचन्द्र चौधरी, रानी शर्मा तिवारी, अशोककुमार यादव, किशोरी साह कमल, रामकुमार यादव र सावित्री देवी साह छन् ।

    यस समितिले रकमान्तर, स्थानीय तहमा दिएको अनुदान रकम, जनता आवास कार्यक्रम र भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा लगाइएको तालालगायत विषयमा अनुगमन तथा छानबिन गरी १५ दिनमा प्रदेशसभामा सभामुख समक्ष प्रतिवेदन पेस गर्ने कार्यादेश पाएको छ।
    रातोपाटीबाट।

    sanchay kosh copy

    लहानबाट पाँच वर्षिय ...

    लहान, १३ बैशख। सिरहा प्रहरीले आफ्नै पाँच वर्षिय छोराको ...

    बजारमा निम्न गुणस्तर ...

      काठमाडौं, १३ बैशाख। काठमाडौँ महानगरपालिकाले च ...

    १६ औँ योजनाले एकीकृत ...

    काठमाडौं, १३ बैशाख।   प्रधानमन्त्री पुष्प ...

    महोत्तरीको मटिहानीमा ...

    बर्दिवास, १२ बैशाख। महोत्तरीको मटिहानी नगरपालिका ६ स्थि ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल