- सुरेश राय
सिरहा, १५ असार। मधेश प्रदेशका गृह तथा सन्चार मन्त्री भरत प्रसाद साहले अनलाईन पत्रकारीताले सूचनामा सहज पहुँचसँगै चुनौतिहरु थपीएको बताए। आमसन्चार प्राधिकरणद्वारा सप्तरीको राजविराजमा आयोजीत प्रदेश स्तरीय अनलाईन पत्रकारीता तालिमको समापन समारोहलाई सम्वोधन गर्दै मन्त्री साहले अनलाईन पत्रकारीता आजको आवश्यता रहेको बताउँदै यसमा हुने विकृति सच्याउँदै लानु पर्ने बताए।
मन्त्री साहले अनलाइन पत्रकारिता यस्तो पत्रकारिता हो, जस्ले छ्नभरमै समाचार प्रसारण गर्न सक्छ। तर, कतिपय अन्लाइन सञ्चारमाध्यमले झुठा समाचार हालेको पाइन्छ। यस्ता खालका वृकृतिहरु न्यूनिकरण गर्न यो तालिमले सहयोग पुग्ने मन्त्री साहले बताए।
उनले एउटा अनलाई सञ्चारमाध्यममा आएका समाचारहरु त्यसको सत्य तथ्य नबुझि अर्कोले कपि पेष्ट गर्ने प्रवृत्तिले यसको विश्वसनियतामा कमि आउन सक्ने भन्दै यस तर्फ पनि सचेत रहन आग्रह गरे। उनले भने, ‘अनलाईन पत्रकारीतामा कतिपय विकृतिहरु छन्, गलत समाचारहरु आईरहेको हुन्छ, त्यसको आधिकारीकता समेत नबुझि कपी पेष्ट हुने गरेको देखिन्छ, यसले विकृति झन बढेको छ।
आमसन्चार प्राधिकरणबाट लोककल्यानकारी बिज्ञापन दिने विषयमा चाँडै टुङ्गो लगाउने मन्त्री साहले बताए। उनले १६ गते मन्त्रीपरिषद् बैठक वस्ने जनाउँदै त्यसबाट पास गराउने प्रतिवदा जनाए।
मधेस–प्रदेशका गृह तथा सञ्चार राज्य मन्त्री रुबि कुमारी कर्णेले युग र समाजको बदलिंदो प्रस्थिती अनुसार विद्युतिय र छापा पत्रपत्रिकामा रुचि घटनु र अनलाइनमा बढि देखिएको बताए। उनले एकाइसौं सत्ताब्दीका समाजको आबस्यक्ता रहेको बताए। त्यसकारण हाम्रो प्रदेश सरकार तथा आमसन्चार प्राधिकरणले मधेश–प्रदेशले अनलाइन पत्रकारिता तालिमको सन्चालन गरेको बताए।
मन्त्री कर्णले तालिमको प्रामान पत्र लिएर घरमा थनकाएर नहुने भन्दै आफूले हासिल गरेको ज्ञान अव पत्रकारीतामा प्रयोग गर्न सवै सहभागीहरुलाई आग्रह गरे।
कार्यक्रमको अध्यक्षता आमसञ्चार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादबले गरेका थिए। उनले पाँच दिवसिय अनलाइन पत्रकारिता तालिमको समापन समारोह कार्यक्रममा मन्तब्य ब्यक्त गरिरहदा आफूले अत्यतै हर्षको अनुमती भएको बताए।
उनले भने म यो कार्यक्रम आयोजन हुन्छ कि हुदैन भन्ने अन्यौलमा थिए। किनभने बिगत बर्षमा हाम्रै केहि साथीहरुबाट भएका केही कमि–कम्जोरी भएका कारण काम गर्नलाई सारै समस्याहरु हुने गरेको बताए।
कार्यकममा अतिथि नेपाल पत्रकार महासंघ सप्तरिका अध्यक्ष श्रवण कुमार देव, प्राधिकरणका प्रशासकिय प्रमुख उपेन्द्र सिंह, प्रशिक्षक सुरेन्द्र साह लगायत प्रशिक्षहरुको उपस्थिति रहेको थियो।
कार्यक्रम सन्चालन प्राधिकरणकी सदस्य प्रतिमा चौधरिले गरेकी थिइन्।
प्रशिक्षार्थिहरु राधा चौधरी, रिंकि कुमारी गुप्ता, सुरेश रायले आफ्ना मन्तव्य व्यक्त गरेका थिए।