वर्दिवास, १० असार। महोत्तरी कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ। जिल्ला सदरमुकाम जलेश्वरमा रहेको कारागारमा कर्तव्य ज्यानमुद्दामा सजाय भुक्तान गर्दै आएका महोत्तरीकै लोहारपट्टी नगरपालिका १ का ८० वर्षीय राजकरण यादवको मृत्यु भएको हो।

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव आज बिहान २ बजे एक्कासी बेहोस भएका थिए ।

वेहोस यादवलार्य उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

उनको शव हाल अस्पतालमै राखिएको प्रहरीले जनाएको छ।

sanchay kosh copy