‘भारत गौरब पर्यटक रेल’ जनकपुर आईपुग्यो, पर्यटकहरुलाई मुख्यमन्त्री राउतद्वारा स्वागत

    • असार ९, २०७९
    • ४९९ पटक पढिएको
    • गमक पाेस्ट
    alt

    जनकपुर, ९ असार। ‘भारत गौरब पर्यटक रेल’ मा आएका भारतीय पर्यटकहरुलाई जनकपुरधाममा भब्य स्वागत गरिएको छ। भारतको राजधानी नयाँ दिल्लीबाट गत मंगलवार हिडेको सो रेल आज अपरान्ह जनकपुरधाम आईपुगेको हो।

    photo 5

    जनकपुरधामस्थित रेल्वे स्टेशनमा रेल आईपुगे लग्तै मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग वन तथा पर्यटन मन्त्री सत्रुधन महतो, नेपाल रेल्वे कम्पनिका महाप्रबन्धक निरञ्जन कुमार झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, जनकपुरधामस्थित जानकी मन्दीरका उत्तराधिकारी महन्थ रामरोशन दास लगायतले रेलमा आएका भारतीय पर्यटकहरुलाई फुलमालाले भव्य स्वागत गरे।

    भारतीय पर्यटकहरुलाई स्वागत गर्दै मुख्यमन्त्री राउतले यसप्रकारको धार्मिक यात्राबाट दुबै देशको सम्बन्ध अझ प्रगाढ बन्ने र जनकपुरधामको पर्यटन विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

    उनले पर्यटकहरुको स्वागतमा प्रदेश सरकारले कुनै कमी कमजोर हुन नदिने उल्लेख गर्नुहुँदै उहाँले यसबाट प्रदेशको पर्यटन विकासमा टेवा पुग्ने विश्वास समेत व्यक्त गरे।

    photo 6

    ‘भारत गौरब पर्यटक रेल’ मा आएका करिब ६ सय भारतीय पर्यटकहरुले जनकपुरधामको बिभिन्न धार्मिक स्थलहरुको भ्रमण गर्ने र आज राती जनकपुरधाममै बास बस्ने कार्यक्रम निर्धारण भएको जानकी मन्दीरका उत्तराधिकारी दासले जानकारी दिए।

    रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम जस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले जानकारी दिए।

    सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोक कला जस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदा लगायतका बहुरुपी झल्को देखिन्छ।

    युनेस्को सम्पदा सूचीमा सूचीकृत विभिन्न सम्पदा स्थलका साथै भारतका विभिन्न आधुनिक वास्तुकलाका अद्भूत रचनालाई प्रवर्धन गर्न रेलको बाहिरी भागलाई बौद्ध तथा मुगल कालिन प्राचीन संरचना लगायत गुजरातमा अवस्थित स्टैच्यू अफ यूनिटी, दिल्लीमा रहेको नेसनल वार मेमोरियल जस्ता आधुनिक संरचनाका तस्विरले सजाइएको जनाएको छ।

    त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थललाई एउटै मार्गले जोड्न भारतले रामायण सर्किटको अवधारणा ल्याएको हो।

    अयोध्याका राम स्वयंवरका लागि जनकपुरधाम आउँदा र सीतासँग विवाहपछि अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थललाई जोड्ने मार्गलाई रामायण सर्किट भनिएको छ।

    sanchay kosh copy

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    मधेश प्रदेशमा तीन मन ...

    जनकपुरधाम, ६ बैशाख। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमा ...

    देशभरीका ३२ लाख बालब ...

    काठमाडौं, ६ बैशाख। सरकारले आज र भोलि (वैशाख ६ र ७ गते) ...

    वैवाहिक बन्धनमा बाँध ...

    काठमाडौं, ५ बैशाख। गायिका एलिना चौहान प्रेमी विष्णु साप ...

    शिक्षक–प्रधानध्यापक ...

      बिशाल बस्नेत महोत्तरी, ५ बैसाख। बल्वा नगरप ...

    सम्पर्क

    गमक मिडिया हाउस प्रा.लि. द्वारा सञ्चालित गमक पोष्ट अनलाईन

    • गोलबजार नपा ४, सिरहा
    • मोवाईल : ९८५२८२८६५७
    • www.gamakpost.com
    • इमेल : [email protected]
    • सूचना विभिाग दर्ता नं. : ३१२४-२०७८/७९

    हाम्रो बारेमा

    • अध्यक्ष/कार्यकारी सम्पादक : आशे कुमार विश्वकर्मा ‘आशिष’
    • प्रवन्ध निर्देशक : मुकेश कुमार यादव
    • सम्पादक : श्याम खनाल