सर्लाही, ७ असार। सर्लाहीमा एक युवकको शव फेला परेको छ। सर्लाहीको कविलासी नगरपालिका ८ का २४ वर्षीय अमरेन्द्र ठाकुरको शव गाउँ नजीकै खेतमा फेला परेको हो।

घरभन्दा केही पर सडक छेउको खेतमा रगत लतपतिएको अवस्थामा उनको शव फेला भेटिएकोले हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी माधव बुढाथोकीले जानकारी दिए।

घटनाकारे विषयमा अनुसन्धान भइरहेको डिएसपी बुढाथोकीले बताए।