काठमाडौं, ३ असार। बिध ल्याबका सञ्चालक भीमकान्त भण्डारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरको छ।

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भण्डारीविरुद्ध अख्तियारले ६ करोड २४ लाख ४ हजार ६ रूपैयाँ ४४ पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको हो। 
उनीविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालत मुद्दा दायर गरेको छ। भण्डारी २०७३ असोज २१ मा राजपत्र अनंकित प्रथम श्रेणी वरिष्ठ व्यवस्थापन सहायक पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका थिए। 
 
२०७७ साउन १ गते स्वेच्छिक अवकाश लिएका उनले छोटो सरकारी सेवामा रहँदा करोडौँ अकुत सम्पत्ति कमाएको अख्तियारले जनाएको छ।
laif

सरकारी जागरिबाट स्वेच्छिक अवकाश लिएर कोरोना महामारीका बेला उनी मेडिकल क्षेत्रको व्यापारमा लागेका थिए। 

सरकारी सेवा प्रवेश गरेको मितिदेखि २०७८ पुस मसान्तसम्म जाँच अवधि कायम गरी आयव्यय गणना गर्दा भण्डारीको पारिश्रमिक, श्रीमतीको पारिश्रमिक बचत, कर्मचारी सञ्चय कोषबाट लिएको ऋण सापटी, सार्वजनिक सेवा प्रवेशपूर्वको बचत (जाँच अवधिअघिको बचत) समेत २६ लाख ६१ हजार ६३६ रुपैयाँ ९ पैसा आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ।

तर उनको खर्च तथा लगानी (व्यय) तर्फ जग्गा खरिद, विभिन्न बैंक र हाइड्रोपावर कम्पनीको शेयर खरिद र विभिन्न बैंकको मौज्दातसमेतसहित ६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ ५३ पैसा खर्च तथा लगानी देखिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

उनले गरेको कुल आम्दानी २६ लाख ६१ हजार ६३६ रुपैयाँ ९ पैसाबाट कुल खर्च तथा लगानी व्यय .६ करोड ५० लाख ६५ हजार ६४२ रुपैयाँ ५३ पैसा घटाउँदा ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ ४४ पैसाको खर्च तथा लगानीको स्रोत नखुलेको अख्तियारले ठहर गरेको छ। 

अख्तियारले भण्डारीको नाममा रहेको सम्पत्तिबाट ६ करोड ६ लाख ४१ हजार ८१३ रुपैयाँ ९१ पैसो अपुग बिगो तथा उनको एकल स्वामित्त्वका कम्पनीको बैंक मौज्दातबाट १७ लाख ६२ हजार १९२ रुपैयाँ ५३ पैसासहित ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ ५५ पैसा जफत गर्नसमेत माग गर्दै मुद्दा चलाएको हो।                              नेपालखवरबाट।

GBR BHUMI 1