उनी मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भर्ना छिन् । उनको शरीरका विभिन्न भाग करेन्टले जलेको छ । ८ महिनाअघि विवाह गरेका श्रीमान्ले हात, गोडा, पेटसहितका ठाउँमा करेन्ट लगाएको उनले बताएकी छिन् ।
अस्पतालमा दुई सातादेखि भर्ना रहेकी उनको हेरचा गर्ने परिवारजन या कुनै आफन्त छैनन् । अस्पतालका नर्स र प्रहरीले नै उनको हेरविचार गर्दै आएका छन् । खाना दिनेदेखि औषधि खुवाउनेसम्मको काम उनीहरुले नै गर्दै आएका छन्
कसरी भयो घटना ?
एक वर्षअघि २२ वर्षीया राधिकाको धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर निवासी २८ वर्षीय अरुण साहसँग विवाह भएको थियो । दुबैले एकअर्कालाई मन पराउन थाले । यसपछि दुबैले विवाह नै गरे ।
विवाहपछि अरुणले राधिकालाई जनकपुरधाम ल्याए । थापा चोकमा कोठा भाडामा लिएर दुबै बस्न थाले । यस क्रममा राधिका जानकी मेडिकल कलेजमा काम गर्न थालेकी थिइन् ।
१६ जेठमा उनले लैजान अरुणलाई आग्रह गरिन् । तर यो आग्रह विवादमा परिणत भयो । ‘घर लैजाउ भन्नेवित्तिकै रिसमा आएर मेरो शरीरमा बिजुलीको नाङो तारले करेन्ट लगाए’ उनी भन्छिन्, ‘करेन्ट लगाउँदा बेहोस भएँ । अस्पतालसम्म कसरी आएँ मलाई पनि थाहा छैन् ।’
करेन्ट लागेको जानकारी पाएपछि प्रहरीले नै उनलाई अस्पतालमा भर्ना गराएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्री बताउँछन् ।
करेन्ट लगाएर अरुण फरार भएको भन्दै प्रहरीले उनको खोजी भइरहेको जनाएको छ । ‘राधिकाका एक जना भाइ यहाँ आएका छन् । तर, लिखित जाहेरी हालसम्म कसैले दिएका छैनन्’ क्षेत्रीले भने, ‘हामीले आफ्नोस्तरबाट अन्य अनुसन्धान गरिरहेका छौं ।’
अनलाईनखवरबाट।