लहान, ३ असार। मधेश प्रदेशका गृह तथा सूचना राज्य मन्त्री रुवी कर्णले हरवा चरवा तथा भूमिहीन सुकुम्वासीको पक्षमा सरकार, सदन र सडक सबै ठाउँमा आफू आवाज उठाउन तयार रहेको बताएकी छन् । सिरहाको लहानमा बिहीबार जनचेतना दलित संगम सप्तरीद्वारा आयोजित ‘हरवा चरवाको सवालमा प्रदेश स्तरीय अन्तरक्रिया’ लाई सम्बोधन गर्दै राज्यमन्त्री कर्णले आफू सधैं भूमिहीन, गरिब दलितको पक्षमा रहेको बताएकी हुन् ।

srijana school

राज्यमन्त्री कर्णले हरवा चरवाको अधिकार प्राप्तिका लागि पीडित आफै अगाडि बढ्नु पर्ने बतायन् । ‘बच्चाले समेत आमाको दुधका लागि रुनु कराउनु पर्छ’ उनले भनिन् ‘हरवा चरवाले पनि आफ्नो अधिकारको लाग आवाज उठाउनै पर्छ । हरवा चरवा, भूमिहीन सुकुम्बासीहरुले उठाएको आवाजमा ऐक्यबद्ध रहँदै आफू सरकार र सदनसम्म पुर्याउन सधैं अग्रसर रहँदै आएको र रहिरहने उनले बताइन् ।

उनले राजनीतिक रुपले धेरै परिवर्तन भएपनि दलित, भूमिहीनहरुको समस्या अझै जस्ताको त्यस्तै रहेको उल्ेख गर्दै भनिन् ‘हामी अहिले राजनीतिक व्यवस्थाको आधारमा संघीय गणतन्त्रमा भएपनि अझै सामन्तवादी संस्कार कायम रहेकाले यसलाई सही ठाउँमा ल्याउन अझै आन्दोलन जरुरी छ ।’

पूर्व विधायक तथा नेकपा माओवादी केन्द्रका नेता असर्फी सदाले दलित सुकुम्वासी बस्ती जुनसुकैबेला उजाडिन सक्ने त्रासमा बाँचिरहेको बताए । कुनै समयमा खोतीपाती गर्न र बालीनालीको सुरक्षाका लागि बसाइएका दलितहरु चार पुस्ता बितिसक्दा पनि भूमिहीनताको अवस्थामा रहेको भन्दै उनीहरु जुसुकैबेला घरवारविहीन हुन सक्ने बताए ।

laif

उनले आजपनि दलित बस्तीहरु साहुको जमिनमा रहेकाले उनीहरु कानुनी रुपमा कमजोर हुने र त्यही बहानामा उनीहरुलाई बेघर बनाउने गर्दै आएको उनले सुनाए । गरिबी अशिक्षाका कारण कानुनी लडाई समेत लड्न नसक्ने दलित, गरिब, सुकुम्बासी बस्ती जनदवावकै कारण केही सुरक्षित रहेको उनको जिकिर थियो ।

कार्यक्रममा पत्रकार मणिलाल विश्वकर्माले हरवा चरवाहको अवस्था, कानुनी तथा नीतिगत व्यवस्था, हरवा चरवाबारे अब गर्नुपर्ने कामको विषयमा अवधारणापत्र प्रस्तुत गरेका थिए । अवधारणा पत्रमा हरवा चरवाको विषयमा आर्थिक वर्ष ०७९/८० मा भएका नीति तथा कार्यक्रम र बजेटका विषयमा संघीय तथा प्रदेश सरकारले गरेको व्यवस्थाको वारेमा उल्लेख छ ।

अन्तरक्रियामा संस्थाका कार्यकारी निर्देशक गणेश प्रसाद रामले स्थानीय तहको नीति तथा कार्यक्रममा हरवा चरवाको विषयलाई समावेश गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।

उनले सिरहा सप्तरीका स्थानीय तहका जनप्रतिनिधिलाई कार्यक्रममा बोलाइएको भएपनि उपस्थित नभएको प्रति गुनासो गरे । कार्यक्रममा सीमान्तकृत हरवा चरवा, भूमिहीन सुकुम्बासीहरुको पक्षमा काम गरिरहेका विभिन्न संघ संस्था तथा हरवा चरवाका अगुवाहरुले आ–आफ्ना धारणा राखेका थिए ।

GBR BHUMI 1