सिरहा, १ असार। सिरहामा पोखरीमा डुवेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको नरहा गाउँ पालिका ३ खोरीयाका मोहम्वद अकवर मियाँकी छोरी करिव ११ वर्षिय गुडिया खातुनको बुधबार अपरान्ह पोखरीमा डुवेर मृत्यु भएको हो।

srijana school

साथीहरुसँग बख्रा चराउन गएकावेला गाउँ नजीकैको पोखरीमा नुहाउने क्रममा डुवेको वडा अध्यक्ष मोहम्वद रुस्तम अन्सारीले जानकारी दिए।

उनका अनुसार बच्चा डुवेको खवर पाउनासाथ गाउँबाट युवाहरु गएर उद्धार गरी जिल्लाकै धनगढीमाई नपा ९ मा रहेको आरके मेरीसीटी अस्पतालमा उपचारको लागि लगेको भएपनि अस्पतालले मृत घोषणा गरेको बताए।

शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भईरहको प्रहरीको भनाई रहेको छ।